सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय र सूचना तथा सुशासन अभियान, सिआईजीले आज सन्धिखर्क नगरपालिका वडा नम्वर ७ को फुदवाङ्ग बजारमा संयुक्त कार्यक्रम सम्पन्न गरेका छन ।
लागु औषध नियन्त्र्रण तथा दुब्यर्सन रोकथाम र न्युनिकरण बिषयमा केन्द्रित भई जिप्रकाका सहि भरत थापाले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
यसैगरि सूचनाको अधिकार सम्वन्धमा केन्द्रित भई सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले भिजुअल मार्फत प्रस्तुती दिनु भएको थियो ।
स्थानिय सविता सेजवालको सन्चालन र वडा सचिव बिष्नु प्रसाद आर्चायको अध्यक्षता रहेको सो कार्यक्रमका लागि अघिल्लो दिन देखिनैई प्याराडाईज युवा कल्व र फुदवाङ्ग टोल सुधार समितिको तर्फवाट अमृत थापा र मेघ बहादुर भट्टराई लगायतका युवाहरुले सक्रियता देखाएको मुख्य आयोजक सिआईजीले जानकारी गराएको छ ।
सूचना तथा सुशासन अभियानले सनपा ३ का स्थानियलाई लक्षित गरि सूचनाको अधिकार सम्वन्धी कार्यक्रम भोली बराहानेटामा तय गरिसकेको थप जानकारी मिलेको छ ।