मालारानीका विभिन्न वडाहरुबाट १ हजार व्यक्ति एमालेमा प्रवेश

अर्जुन भुसाल
खनदह, अर्घाखाँची । मालारानी गाउँपालिकाबाट नेकपा एमालेमा करिव १ हजार व्यक्ति प्रवेश गरेका छन् । 
नेकपा एमाले मालारानी गाउँपालिका संगठन  कमिटीको कार्यालय उद्घाटन तथा विशाल जनसभा कार्यक्रममा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाँ प्रदेश सदस्य नरेन्द्रकुमार क्षेत्रीले लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । मरेङ, अर्घातोष, खनदह, खन, बागी हंसपुर गोखुङ्गाबाट ठूलो संख्यामा  माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा परित्याग गरि एमालेमा प्रवेश गरेका हुन । 
माओवादी केन्द्र साविक अर्घातोष गाउँ कमिटीका अध्यक्ष विष्णु प्रसाद भुसाल (विनोद), गाउँ किमटी सदस्यहरु लक्ष्मण भुसाल, घनश्याम भुसाल,  नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता जीवलाल भुसाल सहित २ सय ५० जना अर्घातोषबाट प्रवेश गरेका छन् । अनेरास्ववियु क्रान्तिकारीका  नेता राजीव सुवेदी, नामबहादुर विक सहित १ सय जना व्यक्ति मरेङबाट, माओवादी केन्द्रका देवीराम घिमिरे, नेपाली कांग्रेस गाउँ समिति सदस्य इश्वरी खनाल, माओवादी केन्द्रका गाउँ कमिटी सदस्य राजु विक, रिना विक लगायतका १ सय ५० जना खनबाट, खनदहबाट करिव ३ सय जना, हंसपुरमा एमालेबाट माओवादीमा गएका भनिएका बलबहादुर हौजाली सहितका करिव १ सय जना, बागीमा चन्द्रबहादुर विक, सहित करिव ५० जना, गोखुङ्गामा करिव ५० जना गरि करिव १ हजार व्यक्ति एमालेमा प्रवेश गरेको एमाले मालारानीका संयोजक शालिकराम आचार्यले जानकारी दिए । 
एमाले सचिव विष्ट र केन्द्रीय सदस्य मियाँलाई नवप्रवेशीहरुलाई फुलमाला र टिका लागाइदिएर पार्टीमा स्वागत गर्न भ्याइनभ्याइ भएको थियो  । एकै पटक धेरै व्यक्तिलाई  पार्टीमा स्वागत गर्न पाएकोमा एमालेका नेता