राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले निर्वाचनको तयारीलाई तिब्रता दिदै

श्याम घिमिरे 
भुमेकास्थान नगरपालीका, अर्घाखाँची । अक्टोवर क्रान्तिको शतवार्षिकि अभियानको दौरानमा  रहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीलाई स्थानिय तहको निर्बाचनको मिति नजिकिदै जाँदा चुनाबी माहोलले छोएको छ । 
सरकारले आगामी बैशाख ३१ गते स्थानिय तहको चुनाबको घोषणा गरे संगै राजमो ले पनि चुनाबी कार्यक्रम  एकैसाथ अगाडि बढाउन लागेको छ ।  अभियानकै दौरानमा राष्ट्रिय जनमोर्चा भुमेकास्थान नगरपालीका वडा नं १ को राजमेमा भेला तथा प्रशिक्षण कार्यक्रम  सम्पन्न गरेको छ । भेलाले टमकला नेपालीको अध्यक्षतामा १७ सदस्यीय टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धर्मराज खनाल,सचिब तारा खनाल,कोषाध्यक्ष जानका खनाल र सहसचिबमा बाबुराम थापालाई सर्बसम्मत रुपमा चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरुमा क्रमशः प्रेमबहादुर नेपाली, रेशम बहादुर नेपाली, कमला नेपाली, बिष्णा नेपाली, नुमानन्द बेल्बासे, निमबहादुर नेपाली, झुमि नेपाली, लक्ष्मी नेपाली, यज्ञराज खनाल, मिना खनाल र रुकमांगत खनाललाई चयन गरेको छ भने सल्लाहकारमा मानबहादुर कुवँर,जुद्धबहादुर बैजाली र कृष्णप्रसाद खनाललाई मनोनयन गरेको छ ।
भेलामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले आसन्न स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका एजेण्डाहरु राष्ट्र राष्ट्रियता र जनजिबिकाको पक्षमा भएको कारण अत्यधीक मतले बिजय हुने भन्दै चुनाबमा एकजुट भएर लाग्न  सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन  दिनु भएको थियो । साथै उहाँले देशको राष्ट्रियता कमजोर स्थितिमा पुग्दा पनि सरकार मुखदर्शक भएर बस्नु लज्जास्पद भएको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका  जिल्ला सल्लाहकार बाबुराम बंजाडे, बुद्धिबहादुर थापा, युबकका प्रतिनिधी प्रकाश भुसाल लगाएतले मन्तव्य राख्दै स्थानिय तहको निर्वाचनमा एकजुट भएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो । 
कार्यक्रम भोजराज खनालको अध्यक्षता,जनकराज खनालको स्वागत मन्तब्य र मेघराज खनालकोे संचालनमा सम्पन्न  भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।