राष्ट्रिय जनमोर्चा मालारानीद्धारा हंसपुरमा शोक शभा सम्पन्न

श्याम घिमिरे 
हंसपुर, अर्घाखाँची । यही चैत्र ३ गतेका दिन ९३ बर्षको उमेरमा निधन भएकी मालारानी गाँउपालीका वडा नं ६ हंसपुर पएडाँडा निवासी राष्ट्रिय जनमोर्चाकी सक्रिय सदस्य  स्बर्गीय द्रौपदी नगरकोटीको सम्झनामा आज श्रदाञ्जली  तथा शोक सभा सम्पन्न भएको छ । 
शोक सभामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै अखिल नेपाल किसान संघ अर्घाखाँचीका सचिब तथा लुम्बिनी राप्ती समन्वय समितिका सदस्य भिमलाल आचार्यले मृतकबाट राजमो पार्टी लाई पु-याएको योगदानको उच्च मुल्यांकन र कदर गर्दे श्रद्धा सुमन अर्पण गर्न भएको थियो । साथै उहाँले शोकलाई शक्तिमा बदल्न र पार्टीमा अझ सक्रिययता पूर्बक लागी अगाडी बढ्न सम्पूर्ण परीवारजनलाई आग्रह गर्दे शोक समवेदना  ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा मालारानी गाँउपालीका समन्वय समितिका संयोजक नरेन्द्र बहादुर थापा, शोबबहादुर केसी, जगबहादुर नगरकोटी, नरबहादुर नगरकोटी, नेत्रबहादुर नगरकोटी, यमबहादुर नगरकोटी लगाएतले मनतब्य मार्फत समवेदना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम पूर्णबहादुर नगरकोटीको अध्यक्षता र मेगनाथ पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु