सन्धिखर्कको बराहानेटामा सिआईजीको सूचना तथा सुशासन अभियान सम्बन्धी कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सूचना तथा सुशासन अभियान, सिआईजीले आज सन्धिखर्क नगरपालिका वडा नम्वर ३ लाई लक्षित गरि बराहानेटा नजिकैई रहेको शिवालय मन्दिर परिषदमा कार्यक्रम सम्पन्न गरेको छ । 
सूचना हाम्रो अधिकार, सुशासन र बिकासको आधार भन्ने मुल नारा सहित आयोजीत कार्यक्रममा सहभागीहरुलाई सूचनाको हकको परिचय, महत्व, ब्यवहारीक प्रयोग, चुनौति र सफलताका कथाहरुमा केन्द्रित भई सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले भिजुअल मार्फत क्लाश दिनु भएको थियो । 
घनश्याम परियारको सन्चालन, वडा सचिव अनन्तमणी पोख्रेलको अध्यक्षता र वडा नागरिक संयोजक मंन्चका संयोजक बावुराम खड्काको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा नेका,नेकपा एमाले, माओवादी केन्द्रका प्रतिनिधिहरु सहित ब्यापक जनसहभागिता रहेको थियो । सिआईजी अभियानले आफुहरुको आखाँ खोल्न मद्धत गरेको र आफुले राज्यलाई तिरेको कर कहाँ, कसरी, कहिले, किन र के का लागि भन्ने बिषयमा जानकारी लिन कन्जुस्याई नगर्ने धारणा सहभागीहरुले ब्यक्त गरेका थिए । 
यसैगरी सिआईजीले शुक्रवार किमडाडाँ र शनिवार तिखेथुममा सूचनाको अधिकार सम्वन्धी सचेतना कार्यक्रम गर्न तयारी गरेको जानकारी मिलेको छ ।