भुमिकास्थान नगरपालिकाको नुवाकोटमा राष्ट्रिय जनमोर्चाको कार्यालय उद्घाटन

बिनोद गैरे 
नुवाकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीकाको कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 
भुमिकास्थान नगरपालीका बडा नं. ८ नुवाकोट हटियामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापाले साईनवोर्ड पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

कार्यालय साबिक नुवाकोट गा.बि.स.को हटिया बजारमा रहेकाे छ । राष्ट्रिय जनमोर्चाको भुमिकास्थान नगरपालिकामा राम्रो जनमत रहेको छ । यहाँ राष्ट्रिय जनमोर्चाको कांग्रेस एमालेसँग प्रतिस्पर्धा हुनेछ । 

उद्घाटन पश्चात मन्तव्य राख्दै थापाले आज नेपाल इतिहासकै कमजोर स्थितिमा पुग्दा पनि सरकार तथा यहाँमा प्रमुख पाटीहरु मुकदर्शक जस्तै बन्नु दुःखद भएको बताउँदै राष्ट्र र राष्ट्रियताको रक्षाको निम्ती राष्ट्रिय जनमोर्चा जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने वताउनुभएको थियो । 
सिङ्गो राष्ट्र कजोर भएको अवस्थामा सबै पक्ष जिम्मेवार भएर पार्टी जोगाउने भन्दा पनि राष्ट्र जोगाउनको निम्ति संघर्ष गर्नुपर्ने बताउदै उहाले अगाडी थप्नु भयो राष्ट्रिय जनमोर्चा आम जनताको पाटी भएकोले राष्ट्रिय राजनितिमा राष्ट्रिय जनमोर्चाले बोकेको निति राष्ट्र र राष्ट्रियताका निम्ति सत्य सावित भएको हुँदा आसन्न चुनाबमा राष्ट्रिय जनमोर्चालाई सम्पूर्ण आम शोषित पिडित जनताहरुले साथ दिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा दर्जनौ कांग्रेस, एमाले लगायत बिभिन्न दलबाट पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए । प्रवेश गर्नेलाई टिका लगाई स्वागत गरिएको थियो ।

 कार्यक्रममा बोल्दै ने.क.पा (मसाल)का प्रवक्ता थम्मन के.सीले आफुलाई ठुला पार्टी सम्झिनेहरुले देशलाई सिक्कीमीकरणको दिसातर्फ धकेलीरहेको हुँदा सम्पूर्ण राष्ट्रवादीहरु एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सदस्य सागर के.सी, राष्ट्रिय जनमोर्चा राप्ति-लुम्विनी उपाध्यक्ष शेर बहादुर वि.सी, अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनाल। प्रगतिसिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष विनोद गैरे लगायतले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा विभिन्न पाटी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रबेस गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथिले टिका तथा सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रम खड्ग बहादुर थापाको अध्यक्षता, चेतनारायण गैरे स्वागत तथा तुल्सीराम बेल्वासेको संचालन सम्पन्न भएको थियो ।