सिआईजीद्वारा सन्धिखर्कको किमडाडाँ पकलेमा सूचनाको अधिकार सम्वन्धी कार्यक्रम सम्पन्न

सुर्य भुसाल
पकले, अर्घाखाँची । सूचना तथा सुशासन अभियान, सिआईजीले आज सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का स्थानियलाई लक्षित गरि किमडाडाँको पकलेमा सूचनाको अधिकार सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ । 
सूचना हाम्रो अधिकार, सुशासन र बिकासको आधार भन्ने मुल नारा सहित आयोजीत कार्यक्रममा सहभागीहरुलाई सूचनाको हकको परिचय, महत्व, ब्यवहारीक प्रयोग, चुनौति र सफलताका कथाहरुमा केन्द्रित भई सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले भिजुअल मार्फत जानकारी गराउनु भएको थियो । 
सामाजिक परिचालिका सावित्रा बन्जाडेको सन्चालन, वडा सचिव लक्ष्मण आर्चायकोको अध्यक्षता र वडा नागरिक मंन्चका संयोजक प्रतिक्षा के.शीको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा नेकाका कमल प्रसाद भुसाल,नेकपा एमालेका तुल्सी प्रसाद भुसाल, माओवादी केन्द्रका हरि प्रसाद भुसाल, राजमोका लेखनाथ भुसाल र क्रान्तिकारी माओवादीका नेत्र प्रसाद भुसाल लगायतका बक्ताहरुले मनत्वय राख्दै सिआईजी अभियानको खुलेर प्रशंसा गर्नु भएको थियो । आफुले राज्यलाई दैनिक तिरेको करलाई आफनो सम्झीएर सार्वजनिक निकायमा सूचना माग गरेमा मात्रै आफनो गाउँमा अनियमित्ताको अनत्य हुने बक्ताहरुको बुझाई रहेको थियो । 
यसैगरी सिआईजीले भोली शनिवार सनपा ५ लाई लक्षित गरि बाङ्गलाको तिखेथुममा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष मुक्तिनाथ भुासलले जानकारी गराउनु भएको छ ।