वाङ्गलाको तिखेथुममा सूचनाको अधिकार सम्वन्धी कार्यक्रम सम्पन्न ( तस्बिर)

सुर्य भुसाल 
वाङ्ला, अर्घाखाँची । सूचना तथा सुशासन अभियान, सिआईजीले आज सन्धिखर्क नगरपालिका वडा नम्वर ५ का स्थानियलाई लक्षित गरि वाङ्गलाको तिखेथुममा सूचनाको अधिकार सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ । 
सूचना हाम्रो अधिकार, सुशासन र बिकासको आधार भन्ने मुल नारा सहित आयोजीत कार्यक्रममा सहभागीहरुलाई सूचनाको हकको परिचय, महत्व, ब्यवहारीक प्रयोग, चुनौति र सफलताका कथाहरुमा केन्द्रित भई सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले जानकारी गराउनु भएको थियो । 
सामाजिक परिचालिका सिता रायमाझीको सन्चालन, वडा सचिव अनन्तमणी पोख्रेलको  अध्यक्षता, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम वहादुर जिशि लेकालीको प्रमुख आथीत्यता र वडा नागरिक मंन्चको संयोजक सिता भुसालको विशिष्ट आथित्यतामा सम्पन्न सो कार्यक्रममा पत्रकार अर्जुन भुसाल र जितेन्द्र खत्रीको समेत सहभागीता रहेको थियो । 
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी पत्रकार जिशि लेकालीले सिआईजी संस्था र पत्रकारहरुले आन्त्ररीक रुपमा समस्या भोगेपनि जनताका पक्षमा सर्मपित रहेका कारण दुवैबिचको सम्वन्ध घनिष्ट रहेको बताउदै आजको कार्यक्रमले सहभागीहरुको आखाँ खोल्नमा मद्धत मिलेको बताउनु भएको थियो । कार्यक्रमका सहभागीहरुले सार्वजनिक निकायमा भए गरेका कामहरु छर्लङ्ग जान्न पाईन्छ भन्ने कुरा यस भन्दा अगाडी कसैले जानकारी नगराएको गुनाशो गर्दै कुनै हालतमा पनि सिआईजी अभियान नरोक्न सुझाव दिएका थिए । 
स्थानिय चुनावलाई मध्यनजर गरि आजदेखी आफना सचेतना सम्वन्धी कार्यक्रमहरु केहि दिनका लागि स्थगीत गरिएको सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले जानकारी गराउनु भएको छ ।