एमाले अर्घाखॉची काठमाण्डौ सम्पर्क मन्चको भेला सम्पन्न ! कांग्रेस, माओवादी केन्द्र परित्याग गरी ३० जना प्रवेश

काठमाडौं ( अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखॉची काठमाण्डौ सम्पर्क मन्चको वृहत भेला सम्पन्न भएको छ ।
मन्चको आयोजनामा पार्टी उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भिम रावलको प्रमुख आतित्थ्यता तथा मन्चका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अदक्ष्यतामा वृहत भेलाको आयोजना गरी जिल्लाको स्थानीय समरचना अनुसार सम्पर्क मन्च आयोजक कमिटीहरु गठन गरियो । जस अनुसार सन्धिखर्क नगरपालिकामा यादव भुसालको सम्योजकत्वमा २१ सदस्य कमिटी, भूमेकास्थान नगरपालिकामा ठाकुर गौतमको सम्योजकत्वमा १५ सदस्य कमिटी, सितगंगा नगरपालिकामा कुलराज खनालको सम्योजकत्वमा १३ सदस्य कमिटी त्यस्तै छत्रदेव गाउपालिकामा कविराज पोखरेलको सम्योजकत्वमा १३ सदस्य कमिटी, मालारानी गाउँपालिकामा पृतम मिश्रको सम्योजकत्वमा २७ सदस्य कमिटी र पाणिनी गाउँपालिकामा मनिराम अधिकारीको सम्योजकत्वमा १३ सदस्य आयोजक कमिटी गठन गरियो । 
उक्त कार्यक्रममा क्षेत्रीय सम्पर्क मन्च क्षेत्र नं १ द्वारा प्रकासित २०७४ सालको भित्तेपात्रो विमोचन तथा वितरण पनि गरियो साथै सो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र परित्याग गरी करिव ३० जना एमाले प्रवेश गर्नुभयो। नव प्रवेशीहरुलाई पार्टी सल्लाहकार तथा वरिष्ठ अर्थविद डा. डिल्ली खनालले अविर र प्रमुख अतिथिले माला लगाएर स्वागत गर्नुभएको थियो । 
मेगा कलेजको हलमा सन्चालित कार्यक्रममा ५ नं प्रदेश सम्पर्क कमिटी संयोजक ठानेश्वर वस्याल लगायत जिल्लाका ठूलो संख्यामा सहभागिता रहेको थियो ।

अन्य समाचारहरु