फेरी उत्कृष्ट सहकारी पुरस्कार अर्घाखाँचीको साथी सहकारीलाई

सुर्य भुसाल 
तौलिहवा, कपिलवस्तु ।  ६० औ राष्टिय सहकारी दिवसको उपलक्षमा सहकारी एेन, नियम र विनियम परिपालना गर्दै समयमा साधारण सभा तौलिहवामा सम्पन्न भएको छ । अर्घाखॉचीको साथी वचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भएको छ । 
अडिट प्रतिवेदन र मासिक प्रतिवेदन वुझाई वित्तीय अवस्था सुढृढ राखी , आफ्ना उत्कृष्ट सेवा प्रदान गर्दै आएको भनि साथी वचत तथा ऋण सहकारी संस्थालाई कपिलवस्तु र अर्घाखॉचीको वचत तथा ऋण सहकारी संस्थाको रुपमा दोस्रो पटक डिभिजन सहकारी कार्यालय कपिलवस्तुले  तौलिहवामा आयोजित एक कार्यक्रमका विच उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत गरेको हो। 
यस अघी ५८औ सहकारी दिवसको उपलक्षमा २०७१ सालमा स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट संस्थाको रुपमा  पहिलो पटक पुरस्कृत भैसकेको थियो। २/२ पटक उत्कृष्ट पुरस्कार पाउने सहकारी संस्थालाई सहकारी अभियानमा विशेषरुपमा हेरिको छ। 
 छोटो समयमै जिल्लामा लोकप्रियता हासिल गर्ने सफल यस संस्थामा १५ सय सदस्य आवद्द छन।  संस्थाले सात करोड वरावरको कारोबार गरेको छ भने साडे ५ करोड ऋण लगानी , १ करोड ६५ लाख शेयर पूँजी जम्मा गरि सन्धिखर्क -०२ चुत्रावेसीवाट वित्तीय तथा रेमिट्यास सेवा पनि दिदै आएको छ।