प्रभु बैंक सन्धिखर्क शाखाद्धारा अर्घाखाँची ठुलापोखरामा शैक्षिक सामाग्री वितरण

घनश्याम पौडेल 
ठुलापोखरा, अर्घाखाँची २० चैत्र । प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निशुल्क स्वास्थ्य जाँच, रक्तदान लगायतका विभिन्न समाजपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।
 यसैक्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित प्रभु बैंकको शाखा कार्यालयले ठुलापोखराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ति कम भएका विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । 
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ती कम भएका १० जना आवासीय बिद्यार्थीहरुलाई दैनिक रुपमा प्रयोगमा आउने ओढ्ने ओछ्याउने कपडा, कापी, कलम, मसी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । 
उक्त अवसरमा सोही विद्यालयमा अध्यनरत ३ जना अपाङ्ग विद्यार्थीहरुको लागि प्रतिव्यक्ति दुई दर्जन कापी र अन्य शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको छ । ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु बैंकका सन्धिखर्क शाखा कार्यालयका शाखा प्रबन्धक सरोज ज्ञवाली, पुर्व गाविस अध्यक्ष गोपाल पन्थीले हस्तान्तरण गर्नुभएको थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य फर्सुराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।