सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकले कमल भुसालको नेतृत्वमा प्रचार प्रसार समितिको गठन गरेको छ । यस्तै शामनाथ कशयपको नेतृत्वमा प्रतिबद्धता पत्र मस्यौदा समिती गठन समेत गरेको छ ।
यसैक्रममा बैठकले कृष्ण बहादुर ज्ञवालिको नेतृत्वमा अर्थ संकलन समिति, नारायण खड्काको नेतृत्वमा स्वयम् सेबक समिति, बिष्णु मुस्कानको नेतृत्वमा सम्बाद समिति गठन गरेको छ ।
उता बिपि स्मृति भवनमा सम्पन्न बैठकले मान बहादुर बिस्वकर्मालाई पणिनी गाउँ पालिकामा पुस्पा भुसाललाई सितागंगा नगरपालिकामा ढुन्डिराज शास्त्रीलाई भुमिकास्थान नगरपालिकामा रेवती प्रसाद भुसाललाई, मालारानी गाउँपालिका डा. राम बहादुर बिसीलाई छत्रदेव गाउँ पालिकामा र पिताम्बर शर्मालाई सन्धिखर्क नगरपालिकाको विशेष जिम्मेवारी सुम्पने निर्णय गरेको छ ।