सन्धिखर्कमा नँया शक्तिका १४ जना प्रहरी गिरफतार पछि रिहा

बिष्णु भुसाल 
सन्धिखर्क, अर्घाखाँची । दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने स्थानीय तह निर्वाचन एेन – २०७३ को बिरोधमा आज बिहान १२ बजे जिल्ला निर्वाचन अर्घाखाँचीको  कार्यालयमा धर्ना बसेका नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीका नेता तथा कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको छ ।
गिरफ्तारमा पर्नेहरूमा संघीय सचिबालय सदस्य यमुना भुसाल, संघीय सदस्यहरु खिमबहादुर बि.क, टोपबहादुर बलाल,जिन्दक खड्का तथा जिल्ला सचिबालय सदस्य पुस्करनाथ आचार्य, महेन्द्र सुन्वार, रमा आचार्य, सुरज बि.क, मनिष सिह, दिनेश सुनार, सीता पन्थी, रमा टन्डन, सिर्जना भुसाल लगायत दर्जनौंलाई गिरफ़्तार गरी जिल्ला प्रहरी कार्यलयमा राखिएको थियो।
प्रहरीले उनिहरुलाई दिउसो ३ बजे रिहा मुक्त गरेको छ। 
उनिहरुले निर्वाचन ऐनको बिरूद्धमा आज बिहान ९ बजे जिल्ला निर्वाचन कार्यालय घेराउ कार्यक्रम सुरु गरेका थिए ।