सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
निर्माण ब्यबसायीहरुलाई बेवास्ता गरि सरकारले हालै ल्याएको सार्बजनिक खरिद ऐनको बिरोध गरि अर्घाखाँची सहित नेपाल अधिराज्य भरका प्रशासन कार्यालयमा उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
यसभन्दा पहिला रु ६० लाख सम्म उपभोक्ता मार्फत कुनै धरौटी नै नराखी काम गर्न पाइने ब्यबस्थालाई पाँचौ संशोधन मार्फत १ करोड बनाउदा ब्यबसायी बिस्थापित हुने अबस्था आएको भन्दै उनिहरुले विरोध गरेका छन् ।
नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारीको नेतृत्वमा आएको पदाधिकारी सदस्यहरुले आफ्नो समस्याकाबारे प्रधानमन्त्री कार्यालय पठाउन प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेललाई ज्ञापन पत्र बुझाइएका थिए ।