अर्घाखाँचीमा एक युवाद्वारा क्रिस्चियन धर्म परिवर्तनका कारण बुबाको दाहसंस्कार, किरिया गर्न इन्कार

Image result for अर्घा बिहार arghakhanchi
सन्धिखर्क, अर्घा लगायत । फाइल तस्बिर  
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, साविक अर्घा ९ मिर्लीङकोटमा धर्म परिबर्तनका कारण आफ्नो बुबाको मृत्यु पछि दाहसंस्कार र किरिया नबसी बेपत्ता भएका छन् । 
अर्घाको  मिर्लीङ कोट हाल सन्धिखर्क २ चुत्राबेशी बसोबास गर्दै आएका श्यामलाल भुसालको गत चैत्र २० गते ५५ बर्षको उमेरमा निधन भएको थियो । श्यामलालका २ छोरा र २ छोरी भएता पनि जेठोछोरा दिपक भुसालले भने  क्रिस्चियन धर्म परिवर्तन गरेका कारण बुबाको मृत्यु पछि दाहसंस्कार र किरिया नबसी बेपत्ता भएका हुन् ।
श्यामलालका सबै ४ छोराछोरी बुटवलमा रहेको अवस्थामा जिल्ला अस्पताल अर्घाखाँचीमा निधन भएको थियो । उनको निधनपछि अन्तिम दाहसंस्कारका लागि बिहारघाटमा लागि छोराहरुको कपाल काटने क्रममा जेठो छोरा दिपक भुसालले आफू अब कुनै पनि प्रक्रियामा सहभागी नहुने भनेका थिए । घाट गएका मलामीहरुले सम्झाउने काम गरेता पनि उनिले मलाई बरु यहि मारेर गाडनु तर म केही गर्दिन भनेर अडान लिएपछि कान्छो छोरा सन्तोष भुसालले घाटको सबै प्रक्रिया पुर्‍याई दाहसंस्कार भएको र अहिले घरमा काजकिरिया गरेका छन् । 
क्रिस्चियन धर्म परिवर्तन गरेका जेठा छोरा दिपक घाटबाट भागेको २ दिन पछि घरमा गएता पनि पछि आफन्त क्रिस्चियन धर्म मान्ने ब्यक्तिको घरमा बस्दै आएका बताइएको छ । 
किरिया बसेकी मृतक श्यामलाल भुसालकी पत्नी चित्रकला भुसालले क्रिस्चियन धर्म परिवर्तन गरेका जेठा छोरा दिपकले गरेको व्यहारले दुखित बनाएको बताएकी छिन् । 
अर्घाखाँचीमा प छिल्लो समय पैसाको लोभमा क्रिस्चियन धर्म परिवर्तन गर्नेको संख्या बढेको छ ।