एमाले भुमिकास्थान नगरपालिका- ३ र ४ को संयुक्त भेला सम्पन्न

अर्जुन भुसाल 
भुमिकास्थान नगरपालिका, अर्घाखाँची । नेकपा एमाले भुमिकास्थान नगरपालिका वडा नम्वर  ३ र ४ को संयुक्त भेला सम्पन्न भएको छ । 
भेलाले दुवै वडाका वडा कमिटीको गठन गरिएको छ । वडा नम्वर ३ मा नरबहादुर थापाको संयोजकत्वमा १७ सदस्यीय कमिटीको गठन गरिएको छ । जस्को सहसंयोजकमा भरत भुसाल र सचिवमा दामोदर भाट चयन भएका छन् । यस्तै वडा नम्वर ४ मा हरिबहादुर केसीको संयोजकत्वमा  १७ सदस्यीय कमिटीको गठन गरिएको छ । सहसंयोजकमा जगत खड्का र सचिवमा  भरत शाह चयन भएका छन् । 
 नेकपा एमालेका जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा  ५ नम्वर प्रदेश सम्पर्क विभाग संगठन कमिटी सदस्य विष्णु आचार्य, नगर कमिटी सचिव मणि पौडेल, नगर कमिटी सदस्यहरु यमबहादुर वञ्जाडे, मिना पौडेल, राम बहादुर  केसी लागायतले मन्तव्य राखेका थिए । भेलाबाट आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै निर्वाचन परिचालन कमिटी र १०१ सदस्यीय प्रचार प्रसार कमिटीको गठन गरिएको छ ।
 भेलालाई सम्वोधन गर्दै एमाले उपसचिव गैरेले निर्वाचनको तयारीमा लाग्न कार्यक्रताहरुलाई निर्देशन दिनुभएको छ । उहाँले  स्थानीय तहको निर्वाचनमा  भुमिकास्थानमा मात्र नभएर जिल्लाका सबै ठाउँमा एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।  
कार्यक्रम हरि केसीको अध्यक्षता, जगत खड्काको स्वागत मन्तव्य र गोविन्द खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।  यस्तै भुमिकास्थान नगरपालिका वडा नम्वर ६ खिल्जीमा पनि चुनावी तयारीका लागि वैठक बसी विभिन्न निर्णयहरु गरिएको गरिएको छ ।

अन्य समाचारहरु