दिपक कार्की / प्रकाश पौडेल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका गाउँघरमा अहिले चुनावी चर्चा उत्कर्षमा पुगेको छ । चोक तथा घरमा हुने भेटघाटमा चुनाव तथा गाउँबाट उम्मेद्वारको बन्दैछ भन्ने चर्चाले बढी स्थान पाउने गरेको छ । टिकट पाउनका लागि नेता दौड धुपमा रहेका छन् । अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस-एमालेकै प्रतिस्पर्धा हुनेछ । तर कुनै कुनै ठाउँमा नेकपा माओवादी केन्द्र बलियो छ ।
चुनावका लागि युवा अनुहारहरुको चर्चा बढी रहेको छ । अन्य पार्टीमा भन्दा कांग्रेसमा युवा आकांक्षी बढी रहेका छन् । अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट कमलप्रसाद भुसाल, हरिबहादुर खड्का, विनोद आचार्य, हुमप्रसाद बन्जाडे र कमला अाचर्य मेयर तथा उपमेयरका उम्मेदवार हुनसक्ने नाम चर्चामा छन । तर मेयरमा कमलप्रसाद भुसालनै उठने चर्चा चलेको छ । कांग्रेस जिल्ला कार्य समितिको सभापति भइसकेका भुषाल नागरिकमा भिजेका लोकप्रिय नेता भएकोले उनैले टिकट पाउने र चुनाव पनि जित्न सजिलो हुने कांग्रेस नेताहरु बताउँछन् तर भुसालले भने अहिलेसम्म अाफुहुन्छु भनेर मुख खोलेका छैनन् उपमेयरमा कमला अाचर्यले दाबि गरेको चर्चा छ ।अाचर्य नेपाली काङ्ग्रेस का पुर्ब सचिब बासुदेब अाचर्यकि श्रीमती हुन ।
एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, खुबिराम आचार्य, सिद्धिप्रसाद भुषाल, भरत पौडेलको नाम चर्चामा छ । नेकपा माओवादीबाट ठाकुर बिक, रामबहादुर रायमाझी र केबी भुषाल उम्मेद्वार हुने चर्चा छ ।
२०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो भएपनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता बढी रहेका छन् । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको मत बढी आउन सक्छ । तर यी तीनबिचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा चलेको छ ।
जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । यहाँ कांग्रेसको तर्फबाट सूर्य अधिकारी, छविलाल पौडेल, माधव पौडेल र नारायण सिंह बेल्बासे मुख्य दाबेदारका रूपमा देखा परेका छन् । यहा छबिलाल पौडेल र सुर्य प्रसाद अधिकारी मध्ये एकजना हुने सम्भावना छ ।
त्यस्तै बसन्त श्रेष्ठ र पिताम्बर सारु चाहिँ एमालेको तर्फबाट उम्मेदवारको रूपमा देखापरेका छन् । माओवादीबाट दिनेश गैरे, भीम केसी र टिका रेस्मीको नाम चर्चामा छ ।
अघिल्ला चुनावको मत परिमाण हेर्दा कांग्रेस बलियो देखिए पनि यो नगरपालिकामा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने छ । समग्रमा चाहिँ कांग्रेस तुलनात्मक रूपमा राम्रो भएको अनुमान गरिएको छ । यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो ।
अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ कांग्रेसबाट खडानन्द बेल्वासे, प्रेम बेल्वासे र गोपाल घिमिरे र धनिश्वर खनालको नाम चर्चामा छ । एमालेबाट पिताम्बर भुसाल, प्रेम गैरे र पवित्रा पौडेलको नाम चर्चामा छ । जस्मा प्रेमनारायण गैरे लोकप्रिय युवा नेता हुन । माओवादीबाट छमकुमारी खनाल र बालकृष्ण बन्जाडे र रेसम थापाको चर्चा गरिन्छ । जसमा छमकुमारी र रेसम युवा हुन् । त्यस्तै जनमोर्चाबाट सागर केसी, झविलाल थापा र कविराम खनालको नाम चर्चामा छ । जसमा कवि मसाल निकट युवाको अध्यक्ष हुन् । यो नगरपालिकामा एमालेलाई बलियो शक्ति मानिन्छ । तर कांग्रेस, माओवादी र जनमोर्चाको प्रतिस्पर्धा हुनेछ ।
पणिनि गाँउपालिकामा नेपाली कांग्रेसबाट युवा नेताहरु इन्द्रमणि पौडेल र अच्युत गौतम दुइ जना युवा आकांक्षी रहेका छन् । भने काङ्ग्रेस का पुराना नेताहरु श्यामनाथ काश्यप मणिराम पौडेल राम प्रसाद घिमिरेले तिब्र दाबि गरेका छन ।एमालेबाट रामजी घिमिरे र जीवनारायण कोइरालाको नाम चर्चामा छ । तर यश गाउँ पालिकामा ईन्द्र मणि पौडेल बलिया उमेदवार हुन ।उनी नेपाली काङ्ग्रेसको १३ अौ माहाधिबेसनमा सबैभन्दा बढि मत ल्याई माहाधिबेसन प्रतिनिधि जित्ने ब्यक्ति हुन ।चुनाबि टेक्निक जानेका बुझेका तथा ठूलो एनजीओ चलाएका र धेरै कार्यकर्तालाई जागिर खुवाएका कारण पनि उनी युवाहरु बिच भिजेका ब्यक्ति भएको स्थानीय युवाहरु बताउछन ।
छत्रदेव गाँउपालिकामा कांग्रेसका तर्फबाट दोवेदार सबै युवाहरु रहेका छन् । जहाँबाट लेखनाथ पोख्रेल, विष्णु भुसाल, केसब श्रेष्ठ, मिरा पाण्डे र अनिता ज्ञवाली बाबुराम पौडेल पिताम्बर खनाल को नाम चर्चामा छ । एमालेबाट ऋषिराम अधिकारी, ध्रुब पाण्डे भबिश्वर पान्डे लगायतका नेताको नाम चर्चामा छ ।
दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको चुनावमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् ।मालारानि गाउपालिकामा काङ्ग्रेस बाट युवानेता कृस्न प्रसाद खनालको नामा निकै चर्चामा छ।एमाले बाट पिताम्बर भुसाल बालकृष्ण अाचर्य दलबहादुर भट्टराई को नाम चर्चामा छ ।अर्घा खाँची जिल्लामा एक लाख ३२ हजार चार सय २१ जना मतदाता रहेका छन् ।
उता मेयर तथा उपमेयर सगै वाड अध्यक्ष मा पनि युवाहरु को चर्चा बढि छ भुकिकास्थान नगर पालिका बाड नम्बर १ मा २ मा पनि युवानेताहरु ले दाबि गरेका छन ।बाड नम्बर ९ मा पनि नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्य प्रसाद भुसालको बढि चर्चा छ ।सो वाडमा काङ्ग्रेस सभापति उमेस घिमिरे ले चुनाब नलड्ने बताएको ले बिकल्पको रुपमा सुर्य भुसाल बढि चर्चामा छन ।भुसाल काङ्ग्रेस ले यश अघि समानुपातिक सासदमा सिफारिस गरेका नेता हुन ।उता वाड नम्बर १० मा लेखनाथ पान्डेको नाम चर्चामा छ ।ढाकाबाङ बाट तरुणदल१ नम्बरका अध्यक्ष गोपाल खनालको नाम चर्चामा छ ।