घनश्याम पाैडेल
धातिवाङ्ग, अर्घाखाँची २५ चैत । नेपाली कांग्रेस पाणिनि गाउँपालिका वडा नम्बर ६ साविक धातिवाङ्ग गाविसमा भेला तथा अन्तरक्रिया सम्पन्न भएकाे छ ।
भेलाले अाउदै गरेकाे स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन परिचालन प्रसारप्रसार समिति, अनुशासन समिति, अनुगमन समिति, महिला परिचालन समिति, आर्थिक संकलन तथा परिचालन समिति, उम्मेदवार छनाेट समन्वय तथा संवाद समितिकाे गठन गरिएको छ । साेहि कार्यक्रममा नेकपा एमाले परित्याग गरि राेमबहादुर राष्काेटिकाे परिवार सहित २९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति अच्युत गाैतम, महाधिवेशन प्रतिनिधि युवानेता इन्द्रमणि पाैडेल, पुर्ब क्षेत्रिय सभापति मणिराम पाैडेल, महिला संघ जिल्ला सदस्य जानका पाैडेल, खुमान्द पाैडेल, महिला संघ धातिवाङ्ग अध्यक्ष अमृता पाैडेल, क्षेत्रिय प्रतिनिधि सुरज सारू लगाएतले मन्तव्य राख्दै कांग्रेस पाणिनि गाउँपालिका र धातिवाङ्गमा विजयी बनाउन सवै लागिपर्नु पर्ने बताए ।
युवानेता पाैडेलले पाणिनि गाउँपालिकामा कांग्रेसकाे जित सुनिश्चित रहेकाेले सवै अा-अाफ्नाे क्षेत्रबाट सवै लाग्नुपर्ने बताउदै अाफु पनि पाणिनि गाउँपालिकाकाे याेग्य उम्मेदवार रहेकाेले चुनावि दाैडधुपमा एकमहिनादेखि लागेकाे बताउनुभयाे ।
कार्यक्रम कांग्रेस धातिवाङ्ग सभापति शाेभाखर पाैडेलकाे अध्यक्षता, सचिव दिनबन्धु पाैडेलकाे स्वागत र नेविसंघ जिल्ला सहसचिव कृष्णप्रसाद पाैडेलकाे सञ्चालनमा सम्पन्न भएकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिनुभएको छ ।