स्वीडेनको स्टकहोममा गोली चल्दा पाँचजनाको मुत्यु


 स्वीडेनको स्टकहोम सहरमा लरी (ट्रक)ले ठक्कर दिएलगत्तै गोली चल्दा शुक्रबार पाँचजनाको मुत्यु भएको छ ।
स्वीडेनका सन्चारमाध्यमकाअनुसार शुक्रबार स्टकहोमको मुख्य भागमा रहेको एक स्टोरमा ठूलो लरी जोतिएपछि आक्रमणकारीहरुले गोली चलाएका थिए ।
स्टकहोमको ड्रोटिनीन्गाटन सडकमा स्थानीय समयअनुसार दिउँसो ३ बजे घटना भएको थियो ।
स्वीडीस प्रहरीले यस घटनालाई आंतकवादी संगठनले गरेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको उल्लेख गरेको छ ।
स्वीडीस प्रधानमन्त्री स्टीफन लोफवेनले आतंकवादीहरुले घटना घटाएको बताउँदै सबैलाई सर्तक रहन आग्रह गरेका छन् ।
उनले भनेका छन्- यो आतंकवादको संकेत हो, सबैले प्रस्ट देखेका छन् ।
बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरले स्वीडेनको अर्को सहरमासमेत गोली चलेको र केहि मानिस हताहती भएको हुनसक्ने बताएका छन् ।
प्रहरीले अहिलेसम्म घटना कसले र किन गराएको भन्ने तथ्य बाहिर आउन नसकेको बताएका छन् । (एजेन्सी)