माओवादी केन्द्र निकट अर्घाखाँची -काठमाडौ संघीय जनसम्पर्क मंचको भेला सम्पन्न

काठमाडौं ( अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्र निकट अर्घाखाँची -काठमाडौ संघीय जनसम्पर्क मंचको भेला काठमाडौंमा सम्पन्न भएको छ । 
सम्पन्न भेलाले संयोजक चुरामणी खनाल, सह-संयोजक गंगा पन्थी, केशब भुसाल रहेको १५ सदस्यीय एकता सम्मेलन आयोजक समिती गठन गरेको छ । यस्तै समितीको सल्लाहकारमा निमानन्द रिजाल, राजमुकुट भुसाल, मणि राम पान्डे रहेका छन् । 
साथै भेलाले अर्घाखाँची जिल्लाका ६ पालिकामा चुनाब परिचालन संयोजक सहितको समिती पनि निर्माण गरेको छ । 
भेलामा प्रमुख अथिती नेकपा माओवादी केन्द्रका नेता एबम पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी एवम जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्काको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु