पाणिनि गाउँपालिका – ४ पटाैटीमा घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम सम्पन्न

घनश्याम पाैडेल
पटाैटी, अर्घाखाँची २७ चैत । घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम अर्घाखाँची जिल्लाको  पाणिनि गाउँपालिका वडा नम्बर ४ साविक पटाैटी गाविस वडा नम्बर १, २, ३ र ९ वडाका ३८ जना ग्रभवति महिला, ग्रामिण नमुना कृषक, महिला स्वास्थ्य स्वयंसेविकाकाे तालिममा सहभागीता रहेकाे थियाे ।
तालिममा सहजिकरण गर्दै लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पाैडेलले सुअाहारा कार्यक्रमको परिचय, नमुना कृषि बग‌ैचामा उन्नत कुखुरापालन सम्बन्धि तालिम, कुखुरा पाल्ने घरधुरी मिलेर खाेप कसरी लगाउने, हरेक बार खाना चार, २ बर्ष भित्रका बालबालिकालाई कसरी पाेषण खुबाउने,  अर्धबन्देज खाेरमा कुखुरा पालन गर्नुपर्ने, कुखुरालाई राेग लागेमा उपचार कसरी गर्ने, कुखुरा पालनकाे लागि अावश्यक खाद्यान्न कसरी बनाउने सिकाउनुभएकाे थियाे ।
भेटनरी डाक्टर समेत रहनुभएका पाैडेलले स्वास्थ्य कुखुरा तिनतिन महिना जुकाकाे अाैषधी र रानिखेतकाे खाेप कसरी लगाउने विषयमा पनि सहजिकरण गर्नुभएकाे थियाे।
 त्यस्तै तालिम अधिकृत सत्यनाथ उपाध्याय र फिल्ड सुपरभाइजर प्रमाेद पाण्डेले सहजिकरण गर्नुभएकाे थियाे। 
 
अर्घाखाँची जिल्ला युएसअाईडिकाे सहयाेगमा दाेस्राे चरणकाे सुअाहारा कार्यक्रम  लुम्बिनी सामाजिक विकास केन्द्रले सहजिकरण गर्दै अाईरहेकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु