अमेरिकी सेनाले आफ्नो जल सेनाको कार्ल भिन्सन स्ट्राइक समूहलाई कोरियाली प्रायद्विपमा परिचालन गरेको छ ।
उत्तर कोरियाको मिसाइल कार्यक्रमबाट बढेको तनाबकाबीच अमेरिकाले युद्धक जहाज परिचालन गरेको हो । कार्ल भिन्सन स्ट्राइक समूहले युद्धक लगायतका विभिन्न विमान राख्ने क्षमता राख्छ ।
अमेरिकी प्यासिफिक कमाण्डले यसलाई कोरियाली प्रायद्वीपमा उत्पन्न चुनौतिप्रतिको सावधानी उपाय भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु चुनौतीको सामना गर्न चीनले साथ नदिए पनि अमेरिका एक्लै तयार रहेको बताएका थिए । (एजेन्सी)