सन्धिखर्कमा माओवादी केन्द्रका नेता बावुराम सुनार सहित ३८ जना एमालेमा प्रवेश

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची चैत्र २८ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा माओवादी केन्द्रका नेता बावुराम सुनार सहित करिव ३८  जना व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 
सुनार सहित माओवादी केन्द्रका पूर्व जिल्ला कमिटी सदस्य चुरामणि भुसाल र टोपलाल सुनार पनि एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा  धुमा भुसाल, मोती सुनार,  लक्ष्मीदेवी सुनार, उमादेवी सुनार, विष्णु कुमारी सुनार, सिता सुनार, कृष्ण सुनार, किशोर सुनार, कपिल गहतराज, सिता सुनार, सावित्रा सुनार, गिता सुनार, मोहन सुनार  लगायत रहेका छन् ।
 मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित एक विशेष कार्यक्रममा एमाले नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो । पछिल्लो समयमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलिरहेको छ । पार्टी प्रवश कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका  नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाँले एमालेको नीति विचार सिद्धान्तबाट प्रभावित भएर पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको बताउनुभयो । अर्का केन्द्रीय सदस्य बोमबहादुर विकले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै ठाउँमा पार्टीले भारी मतले विजयी हासिल गर्ने बताउनु भयो ।
नवप्रवेशी  बावुराम सुनार र चुरामणि भुसालले मन्तव्य राख्दै स्थानीयको तहको निर्वाचनमा एमालेलाई विजयी गराउन आफूहरु इमान्दारीताका साथ लाग्ने विश्वास दिलाउँदै एमालेले पार्टीले राष्ट्रियता र देशको समृद्धिका लागि खेलेको भूमिकाबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको बताउनुभयो ।  कार्यक्रममा, जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्य, पाँच नम्वर प्रदेश सदस्य नरेन्द्र कुमार क्षेत्री, नेकपा एमाले केन्द्रीय स्कूल विभागका सदस्य वुद्धिबहादुर रायमाझी, जिल्ला कमिटी उपाध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान, उपसचिव प्रेम नारायण गैरे, सचिवालय सदस्यहरु जनार्दन खनाल, पिताम्मर भुसाल, वुद्धि भुसाल, सिद्धि भुसाल, सरोज भुसाल, जिल्ला कमिटी सदस्य नारायण अर्याल, पूर्व पार्टी सचिव दलबहादुर भट्टराइ, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कुटमदिन अलि लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । 
कार्यक्रम नगर कमिटीका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता, र सचिव श्रीकृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु