टाढाको सोचाइ

बाबु रोका मगर
मलाई धेरै सोच्ने शौक छ जहाँ मौका मिल्छ त्यहाँ सोच्न थाल्छु सोच्दै जाँदा कहिले कहिले त म धेरै टाढाको सोच्ने गर्छु जस्तै आजकल म यो सोचिरहेको हुन्छु कि मरे पछि म के सोचाइ गरुला ? धेरै मान्छेहरू ले भन्ने गरेको सुन्छु कि मरेपछी सबै फिक्र बाट मुक्त भइन्छ रे । भन्नेहरु गलत त पक्कै भन्दैनन होला वास्तवमा जिउदो मानिसको होइन उसको लाशको कुरा गरिरहेका हुन्छन तर म लाशको कुरा होइन आफ्नो कुरा गरिरहेको छु । 
सबभन्दा पहिले म यो जान्न चाहन्छु कि मरेपछि म कहाँ बसेर के कस्तो सोच्ने गरुला स्वर्गमा बसेर सोच्छु या नर्कमा बसेर ? सर्वप्रथम पहिलो कुरा मलाई नर्कमा जाने मन त पटक्कै छैन दोस्रो कुरा मलाइ लाग्दिन कि मलाइ स्वर्गमा ठाँउ मिल्छ भनेर? किनकी स्वर्गमा त धर्मात्माहरुका लागि पहिले नै बुकिङ भैसकेको हुन्छ अनि मलाई अन्य मानिसहरुले तिमी धर्मात्मा हौ भनेर पनि भन्न सक्दैनन ।मानिसहरू भन्ने गर्छन जस्लाइ स्वर्गमा जान मिल्दैन त्यसलाई नर्कमा पठाइ दिन्छन तर म त्यस ठाउँमा जान चाहन्न म किन जाने??? जो मानिस धर्मात्मा होइन त्यो मानिस पापी हुन्छ रे यस्तो पनि कहि हुन्छ?अथवा कोहि मानिस धर्मात्मा पनि होइन पापी पनि होइन भने यस्तो मान्छे कहाँ जान्छ? के परलोकमा स्वर्ग अनि नर्क बाहेक अरु कुनै तेस्रो तटस्थ पनि छ? जहाँ अधर्मी मानिसहरुको ठेगाना लगाउन सक्ने ? सोच्नै पर्ने कुरा छ होइन त? र प्रश्न यो छ कि म सोचुला के? यो भन्दापनी अझ ठूलो प्रश्न यो हो कि कुन चाहिँ भाषामा सोचुला नेपालीमा या हिन्दिमा कि चाइनिज, जापानीज अंग्रेजीमा ? यो मजाक होइन मानिसहरुले सबै तिता मिठा घटनाहरु सुख सहेल सोच्दछ तर यो सोच्दैन कि म एकदिन पक्कै मर्ने छु मरेपछी के सोचुला भनेर किनकी आफू मर्ने कुरा त आफू गर्भमा छँदा खेरि नै थाहा पाएर आएको हुन्छ मानिस जन्मिन्छ त मर्नकै लागि तर जन्मेर मरे पछि सोच्ने कुरा थाहा पाएको हुदैन ।
कसैले सोचेको थियो कि एकदिन यो कुरा अंग्रेजीमा सोच्ने छ । मर्नु प्राकृतिक नियम मात्रै नभएर यो एक प्रकारको चलन पनि हो । 
तपाईले भन्न सक्नु हुन्छ कि यो मान्छेले यो सबै कुरा किन सोच्दै छ ? पागल जस्तो के देशमा यस्ता कुराहरू कोहि सोच्दछन ? तब म भन्दछु म त आफ्नो वारेमा सोचिरहेको छु । सोच्ने कुरा बाहेक मलाइ लेख्ने कुरामा पनि शौक छ तपाई भन्नुहुन्छ भने म खाली दिमाग चाट्ने कुरा मात्रै लेख्दछु दिमाग चाट्ने कुरा नै सहि आखिर लेखेको त छु के म मरेपछी पनि लेखिरहन्छु होला त? अथवा लेखे भने कागजमा छपाउने कसरी? अथवा छपाउनको पनि सम्भावना हुन्छ भने म माथि बाट पठाउ कसरी ??? के माथी बाट यहाँको लागि कोहि हुलाकी आउँछ त? धर्तीबाट परलोकमा आउन सक्छ तर परलोक बाट धर्तिमा आउदैन ! कि कुनै कोरियर, फ्याक्स ईन्टरनेट बाट पठाउने? कति धेरै प्रश्न जति सोच्यो उति धेरै ??? मानिसहरू भन्ने गर्छन कि मरेपछी सबै कुराको छुट्टी मिल्छ अरुहरुको लागि मिल्छ होला तर त्यसै मलाई मिल्दैन हजुर । लाग्छ कि बारम्बार मनमा यो ख्याल आउँछ कि म सोचुला के लेखुला के ? अथवा लेखेपनी छापिन्छ होला त? यी प्रश्नहरुको जवाफ मलाई केही थाहा छैन तर एउटा उपाय मैले सोचेको छु कि म आफ्नो यो मरणोपरांत विचार म मरेपछी छपाउने छु ।