श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको इतिहाँसमै पहिलोपटक सर्वाधीक पुरस्कार राशीको क्रिकेट टुनामेन्ट आयोजना गरिने भएको छ ।
” स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची सामुदायीक बिकास क्लबको मातहतमा संन्चालीत अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा आगामी २०७४ जेष्ठ १५ गते देखी सन्धिखर्कको टुडीखेल मैदानमा प्रथम अर्घाखाँची प्रिमियर लिग ब्एी क्रिकेट टुर्नामेन्ट प्रतियोगीता सन्चालन हुने भएको छ ।
खेलको तयारीको बारेमा जानकारी गराउने उद्धेश्यले सन्धिखर्कमा पत्रकार सम्मेलन गरीएको छ । पत्रकार सम्मेलनमा मनतब्य राख्दै संस्थाका अध्यक्ष रिषीकेश भट्टराईले खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्नुको साथै अर्घाखाँची जिल्ला र देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउन सकिने भन्दै खेलकुद क्षेत्रलाई अझबढी बिकसीत गरी अगाडी बढाउने आफ्नो संस्थाको मुख्य उद्धेस्य रहेको जानकारी दिनु भएको थियो । यस्ता प्रकारका खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्न भट्टराईले पत्रकारहरु संग आग्रह पनी गर्नु भएको थियो ।
कुल ४ टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख र उप बिजेतालाई ५० हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडल को ब्यबस्था गरीएको भट्टराईले जानकारी दिनु भएको थियो । जिल्ला भरीबाट अन्डर १९, अन्डर २१ र सिनियर गरी तिन बर्गमा खेलाडी छनौट गरीने पनी सम्मेलनमा जानकारी गराउनु भएको थियो । खेलमा बिभिन्न बिधाहरुमा आर्कषक पुरस्कारको ब्यबस्था पनी गरीएको अध्यक्ष भट्टराईले बताउनु भएको छ ।