राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा आफ्ना उम्मेदवारहरु तोक्यो, यस्ता छन् उम्मेदवारहरु

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले  अर्घाखाँची जिल्लामा आफ्ना उम्मेदवारहरु तोकेको छ । 
अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा आफ्ना उम्मेदवारहरु तोकेको हो । जसमा सन्धिखर्क नगरपालिकाको प्रमुखमा कल्पना पोख्रेल, उप-प्रमुखमा पशुपति ढकाल,भूमिकास्थान नगरपालिकाको  प्रमुखमा कविराम खनाल, उप-प्रमुखमा सकुन्तला राना,  शितगङ्गा नगरपालिकाको प्रमुखमा गोविन्द थापा, उप-प्रमुखमा वासमता भट्टराईलाई उठाउने निर्णय गरेको छ । 
यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा देवी भुसाल, उपाध्यक्षमा राधा गौतम, मालारानी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र थापा, उपाध्यक्षमा तुलसा के.सी., छत्रदेव गाउँपालिकाको अध्यक्षमा हरि न्यौपाने, उपाध्यक्षमा कमला आचार्यलाई उठाएको छ । 
अर्घाखाँची जिल्लामा अरु राजनीतिक दलहरुले आफ्ना उम्मेदवारहरु अझै नतोकेको बेला राष्ट्रिय जनमोर्चाले उम्मेदवारहरुको घाषणा गरेको छ ।     
अर्घाखाँची जिल्लामा राष्ट्रिय जनमोर्चा नेपाली कांग्रेस, नेकपा एमाले पछिको तेस्रो शक्ती हो । माओवादी भने टुक्रा टुक्रामा विभाजन भएर निकै कमजोर भएको छ ।