ठाडा, सितापुरमा समुह भेटघाट, अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न ( तस्बिर)

श्याम घिमिरे
ठाडा, अर्घाखाँची चैत्र ३० । पहाडी स्रोत ब्यबस्थापन समुह MRMG ठाडा र सामाजीक सेबा तथा बिकास केन्द्र सोस्डेक अर्घाखाँचीको आयोजना एवं केयुबिके र हेफर ईन्टरनेशनल नेपालको सहयोगमा जिल्लाको सितगंगा नगरपालीका अन्तरगत वडा नम्वर २  ठाडामा सन्चालीत नमुना स्वाबलम्बन महीला समुह र वडा नम्बर ४ स्थित सितापुरको रानीबन स्वाबलम्बन महीला समुहलाई केन्द्रित गरी जिल्ला परीयोजना सल्लाहकार समितिको समुह भेटघाट,भ्रमण, अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । 
भ्रमणको क्रममा वडा नम्वर २  ठाडामा सन्चालीत नमुना स्वाबलम्बन महीला समुहले आयोजना गरेको समुह भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा मन्तब्य राख्दै जिल्ला पशु सेबा कार्यालय अर्घाखाँचीका प्रमुख डाक्टर लोकनाथ पौडेलले समुहका पदाधीकारीहरुले सिकेका कुराहरुलाई ब्यबहारमा परीबर्तन गर्नु पर्ने भन्दै बजेटको सदुपयोग र फलदायी भएकोमा संस्थालाई धन्यबाद एवं प्रशंसा समेत ब्यक्त गर्नु भएको थियो । 
त्यसै गरी सितापुमा संन्चालीत रानीबन स्वाबलम्बन महिला समुहले आयोजना गरेको समुह भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा मन्तब्य राख्दै जिल्ला कृषी बिकास कार्यालय अर्घाखाँचीका बरीष्ठ कृषी बिकास अधिकृत जगनाथ तिवारीले सानो सहयोगले पनी महीलाहरुले गरेको अथक प्रयासको चर्चा गर्दे आगामी दिनहरुमा अझ बढी शसक्त ढंगले अगाडी बढ्नु पर्नेका ध्यान केन्द्रित समेत गराउनु भएको थियो । 
कार्यक्रमा जिल्लाका बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी,राजनीतिक दलका प्रतिनिधी सन्चारकर्मी लगाएतको उपस्थित रहेको थियो । सोही अबसरमा समुहले संस्थाको सहयोग र समुहको सक्रियतामा गरीएका बाख्रा पालन,बाख्राको खोर सुधार कार्यक्रम,उन्नत जातको घाँस उत्पादन स्वास्थ्य सरसफाई,पोषण लगाएतका  बिभिन्न योजनाहरुको अनुगमन गरी आबस्यक सल्लाह तथा सुझाबहरु समेत दिईएको थियो ।
भोकालाई एकछाक भोजन होईन,जिउने जुक्ति सिकाऔं भन्ने मुल उद्धेश्यका साथ समाज बिकासमा लागेको संस्थाले जिल्लाका बिभिन्न भागहरुमा आफ्ना कार्यक्रमहरु केहि बर्ष देखी सन्चालन गर्दे आई रहेको छ पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।