श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । सीप र ज्ञान बिस्तार सेबामा गुणात्मक सुधार भन्ने मुल सन्देका साथ बिगत ३२ बर्ष अगाडी देखी काभ्रेको बनेपामा सन्चालनमा आईरहेको बिकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुन: स्थापना केन्द्रद्वारा सन्चालीत सक्षम परीयोजनाको अर्घाखाँची जिल्लामा पनि एक कार्यक्रमगरी समुद्घाटन गरीएको छ ।
सि.बि.एम संस्थाको साझेदारीमा सन्चालन हुने यस संस्थाले मुख्य गरी अपाङ्ग बालबालीकाहरुको क्षेत्रमा सहयोग गर्ने बताईएको छ । परीयोजनाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति अर्घाखाँचीका संयोजक प्रदिप पौडेलले समता मुलक समाज निर्माण गर्नमा यस परीयोजनाको गहन जिम्मेवारी हुने भन्दै यसलाई सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।
त्यसैगरी सक्षम परीयोजनाका आर्थीक दाता प्रकाश वाग्लेले एकै ठाउमा केन्द्रित भएर काम गर्नु भन्दा समुह समुहमा गई काम गर्न सहज हुने भन्दै जिल्लामा यसलाई सफल बनाएर लैजानु पर्ने कुरामा जोड दिदै यसलाई आ आफ्नो ठाउकाट सहगोग गर्न अपील समेत गर्नु भएको थियो ।
कार्यक्रमा जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत,नेपाल पत्रकार महसंघका अध्यक्ष हिम बहादुर जिसी, जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष कृष्णप्रसाद खनाल, जिल्ला अपाङ्ग समन्वय समितिका उपाध्यक्ष गोपाल पन्थी लगाएतले शुभकामना मन्तब्य राख्दै जिल्लामा संस्थालाई जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भएको थियो ।
संस्थाले हाल सम्म करीब ७५ हजार जति बालबालीकाहरुलाई उपचार र पुनस्र्थापना गरीरहेको छ भने १५ हजार भन्दा बढीलाई नयाँ जिबन दिएको समेत सो अबसरमा जानकारी गराईएको थियो ।
कार्यक्रम संस्थाका सल्लाहकार एवं सक्षम परीयोजनाका लाइनम्यानेजर कृष्णप्रसाद भट्टराईको अध्यक्षता परीयोजना संयोजक गोबिन्द चौधरीको स्वागत मनतब्य र जिल्ला सुपरभाईजर लेखनाथ आचार्यको सन्चालनमा सम्पन्न भएको थियो ।