ट्रेड युनियन महासंघ अर्घाखाँचीमा नयाँ तेतृत्व चयन

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची ।  नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तीकारी ट्रेडयुनियन महासंघ अर्घाखाँचीको दोश्रो जिल्ला भेला नयाँ तेतृत्वको चयन गर्दै सम्पन्न भएको छ । 
भेलाले दिलबहादुर बि.क.को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति  चयन गरेको छ । नबगठित समितीको सचिबमा कृष्ण श्रेष्ठ, कोषाध्यक्ष नन्द बहादुर बि.क. तथा सदस्यमा नरबहादुर बि.क., सुदामा ठाकुर, अजित बि.क.,लालबहादुर पण्डीत,लगायत छन् ।
भेलामा मन्तव्य राख्दै, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी प्रकाशले सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेर जनता लाई धोका रिएको आरोप लगाए । जनताले अधिकारको लागि आबाज उठाउँदा निर्वाचनको नौटङ्की गरेर जनतालाई अधिकार बाट बन्चीत गर्न खोजेको उनको भनाई थियो । सेक्रेटरी प्रकाशले आफूहरुले नचहेर पनि निर्वाचन सँगै मूलुक मुडभेडमा जान सक्ने भन्दै निर्वाचन खारेज गर्नुको कुनै बिकल्प नभएको बताए ।
 अखिल नेपाल क्रान्तीकारी ट्रेडयुनियन महासंघका जिल्ला अध्यक्ष दिलबहादुर बि.क.को अध्यक्षता र सचिबमा कृष्ण श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य खेम घर्ति, जिल्ला सल्लाहकार टामलाल बस्याल लगायतका बक्ताहरुले मन्तव्य राख्दै मजदरुको पक्षमा आबाज उठाए ।