सन्धिखर्कमा सबारी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न, चालकले साबधानी अपनाए धेरै दुर्घटना रोक्न सकिने

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा सबारी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले चालकले साबधानी अपनाएमा धेरै दुर्घटना रोक्न सकिनेमा जोड दिए ।
जिल्लामा अधिकाम्स दुर्घटनाहरु चालकको लापर्बाहीले हुने गरेको भएपनि दुर्घटनाको सबै दोस चालक लाई मात्र दिएर अरु उम्कन नपाईने सहभागिहरुको धारणा थियो । उनीहरुले जमिनको भौगोलिक बनावट र सडकको अबस्था,सबारी साधनको कन्डिसन, चालकको लापर्बाही,छाडा चौपाया र स्थानीयमा जनचेतनाको कमिका कारण दुर्घटना हुनेगरेको बताए । सबै पक्षले जिम्मेबारी बोधका साथ काम गरेमा दुर्घटना न्युनिकरण गर्न सकिनेमा बक्ताहरुको जोड थियो ।
कार्यक्रमा मन्तव्य राख्दै क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटबलका प्रहरी नायब उपरीक्षक अबदेश बिष्टले अधिकाम्स दुर्घटना ट्राफिक नियम उलंघनका कारण हुने गरेको बताए । सडकको अबस्था,सबारी साधनको कन्डिसन,चालकको लापर्बाही,छाडा चौपाया र स्थानीयमा जनचेतनाको कमिका कारण दुर्घटना हुनेगरेको उनको धारणा थियो ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले जिल्लामा ट्राफिक प्रहरीले खेलेको भुमिका प्रति प्रसन्नता प्रकट गर्दै सबारी साधनको चाँप र बिकट गाउँ गाउँमा सडक सञ्जाल  पुगेकाले जिल्लामा ट्राफिक प्रहरीको संख्या बृद्धि गर्नु पर्नेमा जोड दिए । यसरी मन्तव्य राख्नेहरुमा देउराली यातायात व्यवसायी समितीका अध्यक्ष योगेन्द्र खड्का,सहअध्यक्ष भेष बहादुर के.सी., महासचिव प्रेमचन्द्र पाण्डे, पश्चिमाञ्चल यातायात समिति अर्घाखाँची शाखाका प्रमुख कमल भट्टराई, ट्यक्सी व्यबसायी समितीका अध्यक्ष महेन्द्र भुसाल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष शोभाखर पन्थी लगायत थिए ।