अर्घाखाँचीमा १ लाख २६ हजार बढीे मतदाता

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची, बैशाख २ । नयाँ संविधान अनुसार पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची जिल्लाका १ लाख २६ हजार बढी जनताले मतदानको अबसर पाउने भएका छन् । 
बैशाख ३१ गते हुने निर्वाचनमा यहाँको ३ नगरपालीका र ३ गाउँ पालीकाको ६१ वटा वार्डमा गरी १ लाख २६ हजार ६ सय ९९ स्थानीय बासीन्दाको नाम मतदाता सूचिमा छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदातामा महिलाको संख्या बढी छ । जस अनुसार महिला ६६ हजार ४ सय ३ छन् भने पुरुष ६० हजार २ सय ९६ छन् । 
गत संविधान सभा निर्वाचनमा जिल्लाको मतदाता संख्या १ लाख ७ हजार २ सय २६ रहेकोमा यस पटक १९ हजार ४ सय ७३ मतदाता थपिएका छन् । जिल्लामा सबै भन्दा बढी सितगंगा नगरपालीकामा २५ हजार १ सय ४२ मतदाता छन् भने सबैभन्दा कम मतदाता पाणिनी गाउँ पालीकामा १८ हजार ३ सय ८ छन् । 
यसैगरी सन्धिखर्क नगरपालीकामा २४ हजार ६ सय ४२,भूमिका स्थान नगरपालीकामा २१ हजार १ सय ६०,छत्रदेव गाउँपालीकामा १८ हजार ७ सय ६० र मालारानी गाउँ पालीकामा १८ हजार ६ सय ८७ मतदाता छन् ।