अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । निर्बाचन आयोगको कार्यतालिका अनुसार स्थानिय तहको निर्बाचन प्रयोजनको निम्ती  आज अर्घाखाँची जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला स्थित बिभिन्न कार्यालय प्रमुख र पत्रकारहरुको उपस्थितिमा सन्धिखर्क नगरपालीकाको कार्यालय परिसरमा अधिकृतको कार्यालय स्थापना गरिएको हो ।अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएका जिल्ला न्यायधिस केशव प्रसाद बास्तोलाले कार्यालयको उद्घाटन गर्दै आसन्न स्थानिय निर्बाचन शान्तिपूर्ण ढङ्गबाट भएरहित बाताबरणमा सम्पन्न गर्ने आफ्नो योजना सुनाउँदै सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मूख्य अधिकृत बास्तोलाले अर्घाखाँचीमा राजनितिक दलहरुले निर्बाचन प्रचार-प्रसारका गतिबिधि अगाडि बढाइरहेको सन्दर्भमा अधिकृतको कार्यालय स्थापनासंगै जिल्लामा चुनाबी रौनक बढेको जिकिर गर्दै बैशाख १२ गते भित्र नै अन्य स्थानिय निकायहरुमा पनि निर्बाचन अधिकृतका सम्पर्क कार्यालय स्थापना गरिने जानकारी दिनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले बताउनुभएको छ ।