एकिकृत राप्रपा (राष्ट्रवादी) अर्घाखाँचीको भेला नयाँ नेतृत्वको चयन गर्दै सन्धिखर्कमा सम्पन्न

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची, बैशाख ३ ।  एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) अर्घाखाँचीको भेला नयाँ नेतृत्वको चयन गर्दै सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । 
भेलामा मन्तव्य राख्दै एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का केन्द्रिय सदस्य बसीर मियाँले राष्ट्रियताको रक्षार्थ सबै पक्ष एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । ठूला दलहरुमा देखिएको अकर्मण्डता र आत्म समर्पण वादका कारण मुलुकको स्वाधिनता माथि गंभिर आँच आएको बताउँदै उनले मूलुकको राष्ट्रिय अखण्डता,बिकास र समृद्धिको लागि राष्ट्रबादी शक्ति एकजुट हुनुको बिकल्प नभएकोमा जोड दिए ।
भोजराज दमासेको अध्यक्षता र यज्ञ सापकोटा को संचालनमा सम्पन्न कार्यक्रममा खड्क पन्थी,डिल बहादुर सुनार लगायतका वक्ताहरुले मन्तव्य राख्दै राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाए ।
भेलाले बसीर मियाँको अध्यक्षतामा १५ सदस्यिय जिल्लाकार्य समितीको चयन गरेको छ ।नवगठित समितीको बरिष्ठ उपाध्यक्षमा भोजराज दमासे,उपाध्यक्षमा खड्क पन्थी र सचिवमा यज्ञ सापकोटा रहेका छन् । यसैगरी सदस्यमा डिलबहादुर सुनार,गिर बहादुर नेपाली,साकिर मियाँ,शिता नेपाली,नसिमा बेगम,भेगबहादुर कुमाल,जंग बहादुर मिजार,नजिरा मियाँ,कमला पाण्डे,लक्ष्मी ज्ञवाली र बिरबहादुर सुनार रहेका छन् ।
भेलाले आसन्न स्थानीय निकायको निर्वाचन को लागि बिभिन्न समिती समेत निर्माण गरेको छ । जसअनुसार बसीर मियाँको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन परीचालन समिती,भोजराज दमासेको संयोजकत्वमा ५ सदस्यीय स्थानीय संगठन निर्माण समिती लगायत छन् ।
यसैगरी भेलाले सन्धिखर्क नगरपालीकाको संयोजक मा साकिर मियाँ,भुमिकास्थान नगरपालीकाको संयोजक मा डिलबहादुर सुनार र छत्रदेब गाउँपालीकाको संयोजकमा खड्क पन्थी लाई तोकेको छ ।