पाणिनी गाउँपालिकाको श्री आधारभूत विद्यालय भर्तापुरमा अन्तिम परिक्षाको नतिजा प्रकाशन

प्रदिप सूर्यवंशी
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका  वार्ड नं:-५ भर्तापुरमा श्री आधारभूत विद्यालयमा अन्तिम परिक्षाको नतिजा आज प्रकाशन भएको छ। 
यस विद्यालयको स्थापना वि.स. २०२७ सालमा भएको थियो। र पहिले श्री जन ज्योति माध्यमिक विद्यालय नाम वाट सञ्चालन  भएको थियो भने वि.स. २०७४/वैशाख देखि यस विद्यालयको नाम श्री आधारभूत विद्यालय राखिएको छ।  यस विद्यालयमा वि.स.२०७३/चैत्र ३१गते विद्यालयको परीक्षाफल नतीजा प्रकाशन गर्ने भनिएको थियो तर कुनै कारणवस् चैत्र३१ गते कार्यक्रम हुन नसकेको कारण आज विद्यालयमा अन्तिम परिक्षाको नतिजा  प्रकाशन भएको छ।  
पहिले ३०० को हाराहारीमा  विद्यार्थी थिए भने अहिले आएर कति यहाँका स्थानीय वासिन्दा कपिलवस्तु, रुपन्देही  तिर वसाई सराई र वोर्डिड. स्कूलमा पढाउन लग्ने गरेको कारण  यस विद्यालयमा विद्यार्थीको संख्या वाल शिक्षा देखि लिएर कक्षा ८ सम्म जम्मा १८७ जना विद्यार्थी मात्र भएको यस विद्यालयको प्रध्यानध्यापक:- प्रेम बहादुर रोकाहाले वताउनुभएको छ।यस विद्यालयमा  बाल शिक्षा पढाउने सिता गाहा शिक्षिकाले छोडेपछि यस विद्यालयमा शिशु कक्षामा पढाउने शिक्षिकाको अभाव भएको कारण साना बालवालिका कक्षा १ मै राख्नुपर्ने यस विद्यालयका शिक्षकहरुले वताएका छन्। 
स्थानीय चुनाव भए लगत्तै शिशु कक्षामा पढाउने शिक्षिका राख्ने यस विद्यालयका प्रध्याध्यापक रोकाहाले वताउनुएको छ। यस विद्यालयको वाल शिक्षा देखि कक्षा ७ सम्मको नतिजा राम्रै भएको विद्यालय समितिले जनाएको छ।कक्षा ८ को परीक्षा नतीजा भने अझै आउन नसकेको विद्यालयका प्रध्यानध्यापक रोकाहाले वताउनुभएको छ। 
यस विद्यालयको उतिर्ण हुने विद्यार्थीलाई विद्यालयका समिति, शिक्षक,शिक्षिका,विभिन्न राजनीतिक दलका व्यक्तित्व,यसैगरि स्वतंत्र पत्रकारका जिल्ला सदस्य:- प्रदिप सूर्यवंशीले अविर (रातो टिका) लगाई पुरस्कार वितरण गरेका थिए। यस विद्यालयको अन्तिम परीक्षा नतिजा कार्यक्रम यसै विद्यालयका शिक्षक दुर्गा वहादुर रोकाहाले कार्यक्रम संचालन गर्नुभएको थियो ।