मदन खनाल
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट रोजगारिको सिलसिलामा दक्षिण कोरियामा रहेका युवाहरुले मालारानी गाउँपालिकाका एक मृगौला रोगीलाई आर्थिक सहयोग गरेका छन् ।
मालारानी गाउँपालिका – ३, साबिक खनदह-८ खोरधारा,घैयार सिमलचौरमा जन्मथलो भइ हाल रोजगारिको सिलसिलामा दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -२, साबिक आर्घातोष-८ हाल डाडाकटेरी निबासी गिरिराज भुसालको छोरा बर्ष ३८का मृगौला रोगी खुमानन्द भुसाललाई कोरियन वन ८२००००(आठ लाख बीस हजार ) सहयोग गरेका हुन् ।
बिगत केही बर्ष देखि दुबै मृगौला खराबिको कारण औषधि-उपचारमा ठूलो समस्या परेकोले केही राहात स्वरुप युवाहरुले गरेको सहयोग अभियानका अभियन्ता राजु पोख्रेल मार्फत उक्त रकम हस्तान्तरण गरिएको थियो ।
सहयोग संकलनका लागि बिनोद खनाल, भेषराज पोख्रेल, राजु पोख्रेल, हेमराज पोख्रेल, भागिरथ खनाल, टिकाराम पोख्रेल, टोमलाल खनाल, केशब पोख्रेल, कृष्ण खनाल, बाबुराम पोख्रेल, यज्ञ पोख्रेल लगायत खटिएका थिए ।