कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधन

काठमाडौं ( अर्घाखाँचीडट्कम) । कुवेतमा सडक दुर्घटनामा परी अर्घाखाँचीबासी एक महिलाको निधन भएको छ। 
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका स्थित वाङ्ला घर भई हाल कुवेतमा रोजगारीको सिलसिलामा रहेकी जुबना पाण्डेको सडक दुर्घटनामा परी मृत्‍यु भएको हो । 
 ३० वर्षिया जबुनाको गत अप्रिल १६ मा बिहान ७ बजे काममा जाने क्रममा साल्मिया स्थित गल्फ रोड पार गर्ने क्रममा लेबनानी नागरिकले चलाएको गाडीको ठक्करबाट घाइते भएकी थिईन् । घाइते जबुना स्थानिय मुबारक अल कबीर अस्पतालमा २ दिन देखि आईसियुमा राखी उपचार गर्दा गर्दै आज मंगलबार विहान ७ बजे उपचारको क्रममा निधन भएको हो ।
जबुना सन् २०१५ को जुन महिनामा कुवेत आई ह्ययात रिजेन्सी होटलमा कार्यरत रहेकी थिईन् । उनको श्रीमान् बिष्णु प्रसाद भुषाल पनि सोही होटलमा कार्यरत छन् ।
 नेपाली राजदूतावास कुवेतले उनको शव नेपाल पठाउने प्रकृया अघि बढाएको बताएको छ । 
कुवेतमा यस अघि सडक दुर्घटनामा कैयौको मृत्‍यु भएको देखिन्छ । 

अन्य समाचारहरु