राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा चुनाबी कार्यक्रमलाई तिब्र, सन्धिखर्क- ८ को भेला सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । स्थानिय निर्बाचनको मिति नजिकिदै जाँदा अन्य दलहरुभन्दा फरक एजेन्डा संघियताको खारेजी र बिखण्डनबादका बिरुद्ध एकताबद्ध हुन आव्हान गर्दै निरन्तर संघर्षको अभियान चलाइरहेको राष्ट्रिय जनमोर्चाले पनि देशैभर चुनाबी कार्यक्रमलाई तिब्र पारेको छ ।
जस अन्तरगत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पनि यतिबेला स्थानिय तहको चुनाबी कार्यक्रम अन्तरगत जिल्लाका ६ वटै निकायका टोल टोलमा पुगेर भेला प्रशिक्षण छलफल तथा अन्तरक्रियालाई ब्यापक बनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ । यसैबिच राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वडा नम्बर ८ को भेला आज सम्पन्न भएको छ ।
गणेश बन्जाडेको अध्यक्षता र लेखनाथ भुसालको संचालनमा सम्पन्न भएको भेलाले स्थानिय तह निर्बाचनको निम्ती वडा समितिका उम्मेद्धारहरुको टुङ्गो लगाएको छ । भेलाले चयन गरेका अध्यक्ष पदको उम्मेद्धारमा चन्द्र प्रसाद बन्जाडे, दलित महिला र खुला महिला सदस्यमा क्रमशः लक्ष्मी सुनार र लिला भुसाल, खुला सदस्यमा डिल बहादुर कुवर र लेखनाथ भुसाल पर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा सन्धिखर्क वडा नम्बर आठका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षण मुलक मन्तब्य राख्दै बक्ताहरुले चुनाबी माहोलमा गाउँमा आएर गुलिया कुरा गर्ने भन्दापनि काम गर्ने ब्याक्तिलाई जिताउन राष्ट्रिय जनमोर्चालाई भोट हाल्नुको बिकल्प नभएको दाबी गर्नुभएको छ । उहाँहरुले नेपाली जनताले पटक-पटक गरेको गल्तीले देश र जनताको दयनिय स्थिति भएकोमा चिन्ता ब्यक्त गर्दै राष्ट्रिय  स्वाधीनताको रक्षाको निम्ती सबै पक्ष जिम्मेवार भएर संघर्ष गर्नुपर्ने बताउनुभयो ।
भेलाले साजन वलीको अध्यक्षतामा ५१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समिति र पुस्कर बन्जाडेको अध्यक्षतामा ११ सदस्यिय निर्बाचन परिचालन समितिको गठन गरेकोे पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ  ।