सन्धिखर्कमा पत्रकार भेटघाट, स्थानीय तहको निर्वाचन नरोकिने रक्षामन्त्री खाँडको ठोकुवा

सुर्य प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गर्नु भएको छ । 
नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट र्कायक्रममा  बौल्दै नेता खाँडले मधेसवादी दल निर्वाचनमा भाग लिने वातावरण बन्दै गएको चर्चा गर्दैै मधेसवादी निर्वाचनमा आए दुई चरणमा भएपनि निर्वाचन गर्नपर्ने पक्षमा कांग्रेस रहेको बताउनु भयो ।   
खाँडले दुई दशक जनप्रतिनिधीविहीन स्थानीय तहमा जनताको प्रतिनिधी चुन्ने अवसरलाई सदुप्रयोग गरेर जान नै सबैको राष्ट्रिय दायित्व भएकोमा जोड दिनु भयो । उहाँले आन्दोलित मधेशवादी दललाईसमेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास ब्यक्त गर्नु भयो । 
जनताका सबै खाले हक अधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताउनु भयो । बैशाख ३१ ग्ते हुने स्थानिय तहको निर्वाचन स्वाच्छ र भयरहित बनाउनको लागि नेपाल सरकारले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई जिम्मा दिने बताउनु भयो । 
कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसालको अध्यक्षता सचिब नेत्रप्रसाद मरासिनीको सन्चालन कोषाध्यक्ष असोक पौडेलको स्वागत मन्तबयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. राम बहादुर बिसी  जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान पुर्ब सभापति कमल प्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो ।