अर्घाखाँचीमा स्थानीय निर्वाचनको मतपत्र यस्तो हुनेछ

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि अर्घाखाँची जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना सार्वजनिक गरेको छ । 
मतपत्रको शीर्ष भागमा व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।  
अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा १२६,६९९ जनाले  स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् । साथै जिल्लामा मतदान स्थल ९३ छन् भने १६६ मतदान केन्द्र संख्या रहेको छ ।
हेर्नुस् अर्घाखाँचीको नमुना मतपत्र: