अर्घाखाँचीमा चुनावी रौनक, टिकटका लागि तिब्र लबिङ, पत्रकार पनि चुनावी दौडामा


दिपक कार्की, बिनय नेपाली 
 
सन्धिखर्क, अर्घाखाँची ।  सरकारले स्थानीय चुनाव गर्नका लागि तोकेको मिति आउन तिन हप्ता मात्र बाँकी रहँदा दलहरुले भने अहिले सम्म उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । निर्वाचनको मिति सर्ने अड्कलवाजी र आकांक्षी सोचे भन्दा अति नै बढी देखिएपछि राजनीतिक दलहरुलाई उम्मेदवार छान्न सकस भएको हो ।
सत्तामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले छिटफूट स्थानमा घोषणा गरे पनि अन्य दलले भने त्यती पनि गर्न सकेको छैनन् । मधेस केन्द्रीत दलहरु संविधान संशोधन विना गरिने निर्वाचनमा भाग नलिने मात्र होइन् की हुनै नदिने भन्दै हिडेता पनि पछिल्ला घटना क्रम हेर्दा उनिहरुको पनि सहभागिता हुन सक्ने सम्भावना देखिएको छ । बैशाख ७ गते ६ वटा क्षेत्रिय पार्टीहरु एउटै छातामुनी गोलबन्द भएको स्थितीमा ति दलहरु पनि निर्वाचनमा आउन सक्ने देखिएको छ ।
मधेस केन्द्रीत पाँचवटा दल सात आठ बर्षको अविधिमा गठन भए पनि राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी झण्डै साढे दुई दशक देखि छुट्टै अस्तित्वमा रहेको थियो । महतोले त्यती लामो इतिहास बोकेको पार्टीलाई नव गठित पार्टीमा विलय गराएको कुरालाई हेर्दा मधेसमा छरिएका मतदातालाई एकबद्ध गर्नका लागि राष्ट्रिय जनता पार्टी गठन भएको महसुस गरिएको छ ।
मधेस केन्द्रीत दलको एकता प्रकृया र निर्वाचनमा सहभागिता जनाउने नजर अन्दाजलाई विश्लेषण गर्दा उनिहरुलाई पनि निर्वाचनको आन्तरीक अभ्यासका लागि समय दिनुपर्ने हुन्छ । त्यसो गर्दा निर्वाचनको मिति केहि समयलाई सर्न सक्ने वा दुई चरणमा हुने भन्ने विषयमा ठूला दलबीच आन्तरीक छलफल भइरहेका छन् । मधेस केन्द्रीत दलको ढुलमुले नीतिका कारणले पनि हुन सक्छ ठूला भनिने दलभित्र उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।
निर्वाचनको मिति जतिजति नजिकिदै छ त्यती त्यती उम्मेदवार बन्ने सपना देखेका नेताहरुले आफ्नो नाम चर्चामा ल्याउने क्रमलाई तिव्रता दिएका छन् । यसै क्रममा लुम्बिनी अंचलको पहाडी जिल्ला अर्घाखाँचीमा पनि चुनावी रौनकता र उम्मेदवारको चर्चा परिचर्चाले तिब्रता पाएको छ । दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तिन नगरपालिका र तिन गाँउपालिका बनाइएको छ । कुल मतदाता संख्या १ लाख २६ हजार ६ सय ९९ रहेको अर्घाखाँची जिल्लामा नगर र गाँउपालिकामा चर्चामा रहेको नेताको नाम उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस
संसदमा सबै भन्दा ठूलो दल रहेको नेपाली कांग्रेसबाट अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको मेयर बन्न तिनजना नेताले आफ्नो नाम चर्चामा ल्याएका छन् । २४ हजार ६ सय ४२ मतदाता रहेको सन्धीखर्कको नगरपिता बन्नको लागि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कमलप्रसाद भुसाल, विनोद आचार्य र ऋषभ अधिकारीको नाम चर्चामा छ ।
सकृयताका हिसाबले सबै नेताको हैसियत एकै भएपनि कमल भुसाललाई त्यहाँका कार्यकर्ताले बलियो उम्मेदवारको रुपमा हेर्ने गरेका छन् । त्यस्तै भूमिकास्थान नगरपालिकामा पनि तिनजना नेताले आफ्नो दावा प्रस्तुत गरेका छन् । २१ हजार १ सय साठी मतदाता रहेको सो नगरपालिकामा प्रेमनारायाण वेल्वासे, खडानन्द वेल्वासे र राम प्रसाद भुसाल को नाम चर्चामा छ ।
सितगंगा नगरपालिकामा पनि दुई जना नेताको नाम चर्चामा रहेको छ । २५ हजार १ सय ४२ मतदाता रहेको उक्त नगर प्रमुखको उम्मेदवार बन्न यूर्यप्रसाद अधिकारी र छविलाल पौडेलको नाम चर्चामा रहेको छ । त्यसैगरी पाणिनी गाँउपालिकामा अध्यक्षको जिम्मेवारी लिनको लागि टिकट हात पार्न इन्द्रमणी पौडेल, अच्यूत गौतम, श्यामनाथ कायस्थ, रामप्रसाद घिमिरे र मणिराम पौडेलको नाम चर्चामा रहेको छ । छत्रदेव गाँउपालिकामा पनि आधा दर्जन भन्दा बढी नेता इच्छुक देखिएका छन् ।
पुराना नेता चन्द्रमान श्रेष्ठ, क्रान्तिकरी नेता लेखनाथ पोख्रेल, जनप्रिय नेता केशब श्रेष्ठ, शहिदपुत्री अनिता ज्ञवालीको अलवा पिताम्बर भुसाल, कृष्ण ज्ञवाली, विष्णु भुसाल  बाबुराम पौडेल कृस्न ज्ञवाली लगाएतका नेताको नाम चर्चामा भएपनि अन्त्यमा चन्द्रमान , लेखनाथ, केशब मध्ये एकले टिकट पाउने कुरा कांग्रेसका कार्यकर्ताहरु बताउछन् । त्यस्तै गरी मालारानी गाँउपालिकामा भने काग्रेसका कृष्ण खनालको एकल नाम रहेको छ ।
राष्ट्रिय जनमोर्चा
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले  अर्घाखाँची जिल्लामा आफ्ना उम्मेदवारहरु तोकेको छ । 
अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा आफ्ना उम्मेदवारहरु तोकेको हो । जसमा सन्धिखर्क नगरपालिकाको प्रमुखमा कल्पना पोख्रेल, उप-प्रमुखमा पशुपति ढकाल,भूमिकास्थान नगरपालिकाको  प्रमुखमा कविराम खनाल, उप-प्रमुखमा सकुन्तला राना,  शितगङ्गा नगरपालिकाको प्रमुखमा गोविन्द थापा, उप-प्रमुखमा वासमता भट्टराईलाई उठाउने निर्णय गरेको छ । 
यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा देवी भुसाल, उपाध्यक्षमा राधा गौतम, मालारानी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र थापा, उपाध्यक्षमा तुलसा के.सी., छत्रदेव गाउँपालिकाको अध्यक्षमा हरि न्यौपाने, उपाध्यक्षमा कमला आचार्यलाई उठाएको छ । 
अर्घाखाँची जिल्लामा अरु राजनीतिक दलहरुले आफ्ना उम्मेदवारहरु अझै नतोकेको बेला राष्ट्रिय जनमोर्चाले उम्मेदवारहरुको घाषणा गरेको छ ।     
नेकपा एमाले
संसदमा प्रतिपक्ष रहेको एमालेमा पनि अर्घाखाँचीका तिन नगर र गाँउपालिकामा उम्मेदवारी चर्चा र चुनावी रौनकताले सकृय बनाएको छ । सदरमुकाम रहेको सन्धीखर्कमा एमालेबाट उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, सिद्धी प्रसाद भुसाल, कुलदेब भुसाल, श्रीकृष्ण भुसालको नाम चर्चामा रहेको छ । त्यसैगरी भूमीकास्थान नगरपालिकामा प्रेमनारायण गैरे, पिताम्बर भुसाल र मणि पौडेलको नाम चर्चामा छ । चर्चित नाम मध्ये पूर्व जिविस सभापति पिताम्बर भुसाल एमालेका बलिया उम्मेदवार हुन् ।
सितगंगा नगरपालिकामा दुई नेताले आफ्नो नाम चर्चामा ल्याएका छन् । सचिवालय सदस्य वसन्त श्रेष्ठ र पिताम्बर सारु मगर यस नगरका आकांक्षी नेता हुन् । त्यसैगरी पाणिनी गाँउपालिकामा एमालेका जिल्ला उपाध्यक्ष जिबनारायण कोइराला र टेकराज न्यौपानेको नाम चर्चामा छ । छत्रदेव गाँउपालिकामा भविश्वर पाण्डे, ऋषी अधिकारी र धुर्व पाण्डे आकांक्षी देखिएका छन् । मालारानी गाँउपालिकामा पनि बालकृष्ण आचार्य, रामबहादुर चौहान र दलबहादुर भट्टराई मध्येबाट टिकट पाउने भएका छन् ।

माओवादी केन्द्र
सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रबाट सन्धीखर्क नगरपालीकाको मेयर बन्नका लागि पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीका भाई एवं केन्द्रीय सदस्य रामबहादुर रायमाझी र पोलिटव्यूरो सदस्य ठाकुर विश्वकर्मा मध्येबाट उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै भूमीकास्थान नगरपालिकाबाट बालकृष्ण बन्जाडे र छमकुमारी खनाल मध्येबाट उम्मेदवार बन्ने छन् भने सितगंगा नगरपालिकामा ओपी पाण्डे र ट पौडम  मध्येबाट टिकट पाउने भएका छन् ।

२ जना पत्रकार चुनावी  दौडामा 
गोपाल प्रसाद भट्टराई र सुर्य प्रसाद भुसाल (दाँया) ।
स्थानिय तहको निर्वाचनमा अर्घाखाँची जिल्लामा दुई जना पत्रकारहरु  पनि चुनावी दौडामा रहेका छन । संसदको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसले भुमिका स्थान नगरपालिका वार्ड नम्बर नौ बाट बरिस्ठ पत्रकार सुर्य प्रसाद भुसाललाई सिफारिस गरि जिल्लामा पठाएको छ । भुसाल काङ्ग्रेस अर्घाखाँचीले यस अघि समानुपातिक सासदका लागि सिफारिस गरेका ब्यक्ति हुन उनी अहिले नेपाल प्रेस युनियनको अध्यक्ष तथा पत्रकार माहासघ अर्घाखाँचीका सचिब छन । पार्टी सभापति बिस्नु प्रसाद खनाल मुस्कान का उनी नजिक रहेर काम गर्ने ब्यक्ति मानिन्छन् । भुसालको जिल्ला देखि केन्द्र सम्म राम्रो नेटवर्क रहेको बुझिन्छ । भुसाल लोकपि्य पत्रकारको रुपमा जिल्लामा स्थापित छन भुसालले टिकट पाउने सम्भावना बलियो छ।
उता भुमिकास्थान नगरपालिका वार्ड नम्बर १० बाट राष्ट्रिय जनमोर्चाले गोपाल प्रसाद भट्टराईलाई उमेदवार बनाएको छ । भट्टराई रेडियो अर्घाखाँचीमा कार्यरत छन भने प्रगतिशील पत्रकार सघका जिल्ला उपाध्यक्ष हुन ।