काठमाडौं ( अर्घाखाँचीडट्कम) । बैशाख ३१ गतेको लागि घोषित स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति अनुसार अर्घाखाँचीमा दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने भएको छ ।
शनिबार सरकार र मधेसी मोर्चाबीचको वार्ताले बैशाख ३१ गतेको लागि घोषित स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको छ ।
जस अनुसार पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भएको छ भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुँनेछ ।