श्याम घिमिरे
नुवाकोट, अर्घाखाँची बैशाख ९ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीकाले तय गरेको निर्बाचन बिशेष कार्यक्रम अन्तरगत आज राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालीकाको वडा नम्बर ७ र ८ काे नुवाकोटकाे पाेखेडाडामा भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा नुवाकाेटका अध्यक्ष चेतनारायण गैरेकाे अध्यक्षता,दधिराम आचार्यको स्वागत मन्तव्य र सुरेश आचार्यको संचालनमा सम्पन्न भएको भेलामा मन्तव्य राख्ने बक्ताहरुले ठुला दलहरुमा देखिएको अर्कमण्यता र लम्पसारवादका कारण मुलुकको स्वाधिनतामाथी गम्भिर आँच आएको भन्दै मुलुकको राष्ट्रिय अखण्डता,विकास र समृद्धिको निम्ती देशभक्त शक्तिहरु एक हुनुको बिकल्प नभएको जिकिर गर्नुभएकाे थियोे । राष्ट्रियताको रक्षार्थ राष्ट्रवादी शक्तिहरु बलियो हुनुपर्ने बताउँदै राजमाेले यदि चुनाब हारेमा देश अस्थिरतामा जाने भन्दै देशलाई बचाउन काे लागि सबै जनताहरूलाई स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चालाई भोट दिन आग्रह समेत गर्नुभएको थियाे।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य झविलाल थापा,अखिल नेपाल युवक संघका केन्द्रिय महा-सचिव बाबुराम पन्थी,अखिल,नेपाल,महिला संघ केन्द्रिय उपाध्यक्ष तथा भुमिकास्थान नगरकी उप-मेयर उमेदवार सकुन्तला राना, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष तथा भुमिकास्थान नगरका मेयर उमेदवार कबिराम खनाल,राष्ट्रिय जनमोर्चा जिल्ला सचिव गोपाल पौडेल,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खनाल,अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य टेकबहादुर थापा,प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य श्याम घिमिरे ,युबक संघका जिल्ला सहसचिब ठाकुर पन्थि, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य बाबुराम बन्जाडे ,पत्रकार बिनाेद गैरे,जितेन्द्र खत्रि लगायतको आतिथ्यता रहेको भेलाले वडानम्वर ७ मा दल बहादुर थापा संयाेजक ,मन बहादुर थापा सहसंयाेजक त्यसैगरि वडानम्वर ८ मा दधिराम आचार्य संयाेजक र प्रमोदहरि आचार्य सहसंयाेजक रहेकाे १०१ सदस्यीय निर्बाचन प्रचार