राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रशिक्षण भेला सम्पन्न

ठुलापोखरा । फाइल तस्बिर  
छत्रदेव गाउँपालिका, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । कानुनमा जतिसुकै परिवर्तन गरेपनि मानिसको ब्यबहारमा परिवर्तन नआएसम्म  जतिय बिभेदको लडाई नसकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज अर्घाखाँचीको आयोजनमा छत्रदेव गाउँपालिकामा गरिएको प्रशिक्षण भेलामा बोल्ने बक्ताहरुले यस्तो भनाइ ब्यक्त गरेका हुन ।
आसा नेपालीको अध्यक्षता ,उजेली नेपालीको स्वागत मन्तव्य र बिष्णु नेपालीको संचालनमा सम्पन्न भएको भेलामा जातिय समता समाजका राप्ती-लुम्बीनी क्षेत्रीय सदस्य राजेन्द्र नेपाली,राष्ट्रिय जनमोर्चा छत्रदेव गाउँपालिकाका सचिव गोर्कण कुमाल र लाल बहादुर कुमालले बिबिध बिषयमा प्रशिक्षण दिनुभएको बताइएको छ ।
भेलाले आसा नेपालीको अध्यक्षतामा १५ सदस्यिय जातिय समता समाज छत्रदेव एक को वडा समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष उजेली नेपाली, बिष्णु नेपाली, सह-सचिव गिता नेपाली र कोषाध्यक्षमा मन्जु नेपाली चयन हुनुभएको छ ।
यस्तै भेलाले आसन्न स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेद्धारलाई जिताउन ब्यापक रुपमा लाग्ने निर्णय गर्दै साबित्रा नेपालीको संयोजकत्वमा २१ सदस्यिय निर्बाचन प्रचार-प्रसार समितिको गठन समेत गरेको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।