बल्कोट रुपन्देही सम्पर्क समाजमा पन्थी

फाइल तस्बिर  

सी.पी. खनाल
बुटवल । बल्कोट रुपन्देही सम्पर्क समाजको बुटवलमा सम्पन्न प्रथम अधिवेशनले दीपक पन्थीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा यमलाल भुसाल, उपाध्यक्षहरुमा कृष्ण खनाल र बालकृष्ण पाण्डे, सचिवमा मोहन भट्टराई, कोषाध्यक्षमा विष्णु पौडेल, सहसचिवमा शालिकराम पौडेल र सहकोषाध्यक्षमा राजु सापकोटा निर्वाचित भएका छन् । 
यस्तै सदस्यहरुमा रमेश पाण्डे, मन्जु पाण्डे, सन्तोष पन्थी, मीनराज भुसाल, विष्णु पाण्डे, लक्ष्मी भट्टराई र हरि न्यौपाने निर्वाचित भएका छन् । यस्तै लेखा समिति संयोजकमा धु्रव सापकोटा, सदस्यमा रुपलाल पन्थी र भुवन पाण्डे निर्वाचित भएका छन् ।
यसअघि उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले गाविसहरु गाभेर बनेको नयाँ पुनसंरचनाअनुसार बनेको छत्रदेव गाउँपालिकास्तरीय सम्पर्क समाज स्थापनामा जोड दिएका थिए । 
कार्यक्रममा बोल्दै अर्घाखाँची सम्पर्क समाज रुपन्देहीका अध्यक्ष हरि पौडेलले सम्पर्क समाजले सामाजिक कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
समाजका अध्यक्ष दीपक पन्थीले समाजले बल्कोटको ऐतिहासिक स्थलको संरक्षण गर्दै  पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्ने बताएका थिए ।
पन्थीको अध्यक्षता र सचिव मोहन भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा ठूलापोखरा सम्पर्क समाजका भोजराज पाण्डे, मरेङ सम्पर्क समाजका झविन्द्र फुल्लेल, छत्रगञ्ज सम्पर्क समाजका श्रीबहादुर रायमाझी, पटौटी सम्पर्क समाजका यादव घिमिरे, भगवती सम्पर्क समाजका कुलचन्द्र पाण्डे, समाजका सल्लाहकारहरु अच्युत भट्टराई, नवराज श्रेष्ठ, सम्शेर मिया, वरिष्ठ उपाध्यक्ष यमलाल भुसाललगायतले बोलेका थिए । सोही अवसरमा वर्ष २०७४ को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।