श्याम घिमिरे
असुरकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बैशाख १० राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीकाले तय गरेको निर्बाचन बिशेष कार्यक्रम अन्तरगत आज राष्ट्रिय जनमोर्चाले भुमिकास्थान नगरपालीकाको वडा नम्बर ५ काे असुरकोटमा भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा असुरकाेटका अध्यक्ष शिव प्रसाद बन्जाडेकाे अध्यक्षता,बिष्णु सारूको स्वागत मन्तव्य र हिमलाल बन्जाडेको संचालनमा सम्पन्न भएको भेलामा मन्तव्य राख्ने बक्ताहरुले ठुला दलहरुमा देखिएको अर्कमण्यता र लम्पसारवादका कारण मुलुकको स्वाधिनतामाथी गम्भिर आँच आएको भन्दै मुलुकको राष्ट्रिय अखण्डता, विकास र समृद्धिको निम्ती देशभक्त शक्तिहरु एक हुनुको बिकल्प नभएको जिकिर गर्नुभएकाे थियोे । राष्ट्रियताको रक्षार्थ राष्ट्रवादी शक्तिहरु बलियो हुनुपर्ने बताउँदै राजमाेले यदि चुनाब हारेमा देश अस्थिरतामा जाने भन्दै देशलाई बचाउन काे लागि सबै जनताहरूलाई स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चालाई भोट दिन आग्रह समेत गर्नुभएको थियाे। साथै सरकारले अाजमात्र घाेषणा गरेकाे दुई चरणकाे निर्वाचनले झनै अन्योलता छाएकाे बताउदै त्यो प्रकारको निर्णयले शान्ति सुरक्षामा अाच अाउने भएकाेले उक्त कदमकाे बिराेध समेत गर्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य झविलाल थापा,अखिल नेपाल युवक संघका केन्द्रिय महा