अर्घाखाँचीमा पहिलो पटक लिग सिस्टममा क्रिकेट प्रतियोगिता हुँदै

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची वैशाख ११ । अर्घाखाँची सामुदायिक विकास क्लव द्वारा सञ्चालित  त्रिकेट एकेडेमीले जेठको १५ गते देखि सन्धिखर्कमा पहिलो पटक लिग सिस्टममा आधारित त्रिकेट प्रगियोगिताको आयोजना गर्ने भएको छ । 
खेलको विजेतालाई नगद १ लाख र उपविजेतालाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष ऋषिकेश भट्टराइले जानकारी दिए । खेलमा चार टिमले भाग लिने छन् ।  टिमका कप्तानहरु समेत तय भइसकेका छन् । विक्रम भुसाल, सन्जु भुसाल, त्रिभुज कार्की र जीवन भट्टराई कप्तानको रुपमा रहने उनले बताए । 
एक टिममा दुइ जना जिल्ला बाहिरका खेलाडी समावेश हुने छन् । उनले प्लेयर अफ टुर्नामेन्ट हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था मिलाइएको बताउँदै प्रत्येक खेलमा बोलिङ्ग, व्याटिङ्ग, फिल्डिङ्ग र धेरै छक्का प्रहार गर्नेलाई पनि नगर पुरस्कार प्रदान गरिने बताए ।  अशोक इमोर्जिङ्ग उदयमान खेलाडीको रुपमा एक जनालाई नगर ५ हजारबाट पुरस्कृत गरिने आयोजकले बताएको छ । वैशाख २० गते सम्मका लागि खेलाडी छनोटका लागि आवेदन खुला गरिएको छ । 
अध्यक्ष भट्टराइले खेल सम्पन्न गर्नका लागि आर्थिक, भौतिक र नौतिक सहयोग आवश्यक हुने भन्दै सहयोग गर्न सबैसँग आग्रह समेत गरेका छन् । ‘क्रिकेट खेलको विकासका लागि क्लवले जिल्लामा धेरै कामहरु गर्दैछ’ उनले भने , ‘जिल्लाबाट राष्ट्रिय स्तरमा खेल्ने खेलाडी तयार पार्ने हाम्रो अभियानमा सबै पक्षको सहयोगको उत्तकै खाँचो छ ।’ क्लवले एकेडेमी मार्फत क्रिकेट खेलको प्रशिक्षण दिनुका साथै बेलाबेलामा प्रतियोगिता आयोजना गर्दै आएको छ ।