राष्ट्रिय जनमोर्चा सन्धिखर्क – ७ का उम्मेदवार सिद्दी भट्टराईद्वारा निर्वाचनमा राजमोको जित सुनिश्चित रहेको दावी

दिपक कार्की, प्रकाश पौडेल
फुदवाङ, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका नेता तथा समाज सेवी सिद्दीराज भट्टराईले स्थानिय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका नेताहरुको जित सुनिश्चित रहेको दावी गर्नु भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ७ बाट राष्ट्रिय जनमोर्चाका तर्फबाट टिकट पाएपछि अाफ्नो उम्मेदवारी सार्वजनिक गर्दै नेता भट्टराईले अाफुले  चुनाब जितेमा सन्धिखर्क नगरपालिका अन्तरगतको वार्डमा अामुल परिबर्तन गरि बिकास निर्माणका कामहरुलाई दुर्त गति दिन र जनपक्षिय काम गर्नका लागि उमेदवारी दिएको बताउनु भयो ।
भट्टराईले गरिब पिछडिएको बर्गको सेबामा अाफु पहिला देखि नै सेबामा समर्पित भएकोले पनि वार्डका जनताले अाफ्नो पक्षमा मतदान गर्ने र अाफुले चुनाब भारी मतले जित्ने दावी गर्नु भयो । 
भट्टराई अर्घाखाँचीका सामाजिक ब्यक्ति हुन । सानै उमेर देखि व्यबसाय गरेका भट्टराई जिल्लाका दर्जनौं सामाजिक संघ – संस्थामा अाबद्द छन । भट्टराई अहिले जिल्लाको चर्चित फुलबारी रिसोर्टका सन्चालक हुन । सफल र सक्षयम युवा तथा सबैभन्दा जनताले बिश्वास गर्ने ब्यक्तिको रुपमा भट्टराई परिचित छन । उनले संघियता यो मुलुकका लागि घातक हुने बताउदै गिलास चिन्हमा मतदान गरि अाफुलाई बिजय बनाउन अपिल गर्नु भयो ।
जनमोर्चाले सन्धिखर्क नगरपालिका ७ बाट अध्यक्षमा सिद्दी राज भट्टराई सदस्यमा मेहर सिंह केसी, डुक बहादुर केसी, अारता टन्डन, शिवकला नेपालीको  उम्मेदवारी घोषणा गरेको छ ।