राष्ट्रिय जनमोर्चाको केन्द्रिय चुनाव प्रचार टोली अर्घाखाँचीमा, मालारानी गाँउपालीकाकाे रतनमारेमा सभा सम्पन्न

सुर्य भुसाल 
रतनमारे, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले दुई चरणमा स्थानिय तहकाे निर्वाचन गर्ने सरकारकाे प्रस्तावले गलत तत्वले चलखेल गर्न सक्ने भन्दै एकै चरणमा स्थानिय तहकाे निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयाे । 

राष्ट्रिय जनमोर्चाको अर्घाखाँचीकाे मालारानी गाँउ गाउँपालिकाकाे वार्ड नं. ६ रतनमारेमा  सभा सम्पन्न  भएको छ । 


प्रमुख अातिथिकाे अाशनबाट अर्घाखाँची मालारानी गाँउ गाउँपालिकाकाे वार्ड नं. ६ रतनमारेमा सम्पन्न सभामा बाेल्दै नेपालीले उक्त कुरा बताउनुभएकाे हाे । नेपालीले मधेशवादी दलका प्रस्ताव राष्ट्रघाती भएकाे उल्लेख गर्दै ती मागहरूलाई सरकाले सम्बाेधन गरे राष्ट्रियता झनै संकटमा पर्ने उल्लेख गर्दै भन्नुभयाे-” राष्ट्रघाती संशाेधनहरूलाई पास गर्दै सत्ताधारीहरू सत्ता टिकाउन तल्लिन भएकाेले राष्ट्रियता संकटमा छ नेपाली जनताले राष्ट्रघाती प्रस्तावलाई डटेर सामना गर्नुपर्दछ ।” विशिष्ट अथिति राजमाे केन्द्रीय उपाध्यक्ष एवम प्रवक्ता तथा प्रचारप्रसार टाेली संयाेजक दुर्गा पाैडेलले स्थानिय तहकाे विकासकाे लागि राजमाेका  उम्मेदवारकाे जित अावश्यक रहेकाे बताउनुभयाे । जनसभा कमल प्रसाद घिमिरेकाे सञ्चालन, जंगबहादुर थापाकाे अध्यक्षता र राजमाे साविक हंसपुर गाविसका अध्यक्ष डिल बहादुर खत्रीकाे स्वागतमा सम्पन्न भएकाे थियाे । 
सभामा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सकुन्तला राना, अखिल(छैठौं) केन्द्रीय उपाध्यक्ष तथा प्रचारप्रसार टाेली सदस्य देवेन्द्र कुँवर, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव तारा जिसी, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव वावुराम सुनार, राजमाे केन्द्रीय सदस्य झविलाल थापा, राप्ती- लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेरबहादुर विसी, मालारानी गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापा, उपाध्यक्ष पदका उमेदवार तुलसा कुँवर लगायतका वक्ताले सम्बाेधन गर्नुभएकाे थियाे । 
सभामा राजमाे केन्द्रीय सल्लाहकार यमलाल पाेखरेल, मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय केन्द्रीय सदस्य नारायण जिसी, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामकृष्ण घिमिरे, राजमाे गुल्मीका प्रतिनिधि वावुराम थापा, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय सदस्य गिता थापा, जिल्ला अध्यक्ष विष्णु केसी, प्रगतिशील पत्रकार संघ नेपाल केन्द्रीय सदस्य श्याम घिमिरे, जिल्ला सचिव जितेन्द्र खत्री लगायतका अतिथिहरूकाे जनसभामा अातिथ्यता रहेकाे थियाे । 
जनसभामा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय तथा स्थानीय कलाकारहरूले गित र नृत्य प्रस्तुत गर्नुभएको थियाे । प्रचारप्रसार टाेलीले १२ गते धारापानीमा सभा गर्नेछ ।