बहराइन । अर्घाखाँची प्रवासी समाज बहराइनको नेपाली नयाँ बर्ष २०७४ सालको अवसर पारेर शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन एक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
एक जुट हौं समाजका लागि केही गरौं भन्ने मूल नाराका साथ स्थापना भएको अर्घाखाँची जिल्लाबासीको साझा संस्था अर्घाखाँची प्रवासी समाज बहराइनले नेपाली नयाँ बर्ष २०७४ सालको अवसर पारेर शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन एक बनभोज कार्यक्रमको आयोजना गरेर मनाएको हो।
उक्त कार्यक्रम बहराइनको रमणीय स्थान समुन्द्री तटह आस्रि मा भब्यता का साथ सम्पन्न गरेको छ। समाज का अध्यक्ष कमल घिमिरे को सभापतित्वमा सप्पन्न उक्त कार्यक्रम समाज का महासचिव कृष्ण गैरे र प्रवक्ता सुर्य थापा ले पालैपालो संचालन गरेका थिए। संस्था का प्रमुख सल्लाहकार युवराज केसी कार्यक्रम का प्रमुख अतिथिको रुपमा उपस्थित थिए। साथै बहराइन मा कृयाशील विभिन्न संघ संस्था ,बैचारिक संघ सङ्गठन , कलाकार , पत्रकार हरु पनि अतिथि को रुपमा कार्यक्रम मा उपस्थित थिए।
कार्यक्रम का प्रमुख अतिथि , सभापति एवम बिशेष अतिथिहरुले सम्पुर्ण नेपाली जनमा नयाँ बर्ष को शुभकामना दिनुका साथै उहाँहरुकै हात बाट २०७४ सालको भित्तेपात्रो बिमोचन पनि गरिएको थियो। बहराइन मा रहेका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रम लाई रमाइलो बनाएका थिए ।
स्रोत: अर्घाखाँची प्रवासी समाज बहराइन