अर्घाखाँचीका बिष्णु भट्टराईको कतारमा सवारी दुर्घटनामा परि मृत्यु

( पहिलो प्रकासित मिती: २०७४ वैशाख ११, सोमवार)

टेक राज थापा 
कतार। रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – १३ साविक सिमलपानी गा.बि.स – ९ बाउनटोला निवासी बिष्णु भट्टराईको सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
३०  वर्षिय भट्टराईको २० अप्रिल /  ७ बैशाख, २०७४ का दिन कामको समयमा सवारी दुर्घटनामा परि उपचारका क्रममा मृत्यु भएको हो।
भट्टराईले बिगत ७ बर्ष देखि कतारको प्रतिष्ठित कम्पनी पिजाहटमा होम डेलिभरी रुपमा कार्यरत गर्दै आएका थिए। उनको घरमा श्रीमति र ५ महिनाको छोरा रहेका छन्।
मृतक शब अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको सम्पूर्ण आवश्यक कागजीय प्रक्रिय पूरा गरि छिटो भन्दा छिटो शबलाई नेपाल लैजानेमा लागि परिरहेको  अर्घाखाँची सेवा समाज कतारले अर्घाखाँचीडट्कम बताएको छ । 
उता घटना पछि शोकमा ढुवेको अर्घाखाँची सेवा समाज कतार परिवारले २८ अप्रिल २०१७ नव बर्ष २०७४ सालको अबसरमा सुभकामना आदान-प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम केहि समयको लागि स्थगित गरेको छ । 

अन्य समाचारहरु